Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

साईकल सिटि भैरहवाले आयोजना गरेको बुद्ध ज्ञान साईकल यात्राको तेस्रो संस्करण सुरु


  • लुम्बिनी चिन्तन
  • माघ २५, २०८२ शनिवार
  • 456
    SHARES

साईकल सिटि भैरहवाले आयोजना गरेको बुद्ध ज्ञान साईकल यात्राको तेस्रो संस्करण सुरु


भैरहवा माघ २४/
लुम्बिनीको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले साईकल सिटि भैरहवाले आयोजना गरेको बुद्ध ज्ञान साईकल यात्राको तेस्रो संस्करणको सुरु भएको छ । 
नेपाल र भारतका २२० साईकलयात्री सहभागी साईकल यात्राको सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खांन र सिदार्थ उधोग बाणिज्य संघका महासचिव कृष्ण घिमिरेले नेपाल र बुद्धको झण्डा फहराएर उद्धघाटन गरेका थिए । सो क्रममा बोल्दै मेयर खांनले लुम्बिनीको प्रचारका लागी साईकलको माध्यम बाट ब्राण्डीड. गरीनु महत्वपुर्ण बिषय रहेको बताए । हरेक बिषय बाट लुम्बिनीको प्रचारमा साईकल सिटिले जोड्ने प्रयास गरेको छ यसको नियमित र निरन्तरताको कामना गर्दछौ मेयर खांनले भने । 
लुम्बिनीको पर्यटन प्रबर्द्धन गर्नै उदेश्यले साईकल सिटि भैरहवाले हरेक बर्ष गर्दै आईरहेको बुद्ध ज्ञान साईकल यात्रामा यस पटक गत बर्ष भन्दा फरक रुट प्रयोग गरी रुपन्देहीको माछा उत्पादन क्षेत्रलाई समेत जोडेर कार्यक्रम बनाएको कार्यक्रम संयोजक थिरेन्द्र श्रेष्ठले बताए । 
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी संगै बुद्धसंग सम्बन्धित रुपन्देही , नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरु लाई समेटेर साइृकल सिटि भैरहवाले २०८० देखी हरेक बर्ष निरन्तर रुपमा “बुद्ध ज्ञान साईकल यात्रा“ कार्यक्रम संचालन गर्दै आईरहेको साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । 
लुम्बिनीको पर्यटन प्रबर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय बृद्धीका लागी गर्न लागएिको “बुद्ध ज्ञान साईकल यात्रा“ मा यस बर्ष भैरहवा देखी वाउन्नकोटी जंगल , गैडहवा , छपिया हुदै बुद्धजन्म स्थल लुम्बिनी सम्मको साईकल यात्रा रहने साईकल सिटि भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए ।

24 a.jpg
सहभागीहरुलाई लुम्बिनी पुगेपछि मायादेबी मन्दीर परिषरमा ध्यान , लुम्बिनी भित्र रहेका मोनाष्ट्र्रिहरुको अवलोकन गराईने छ । 
आन्तरिक र बाहिर्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्ध संग जोडिएका स्थान सधै ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय साईकिलिष्टहरुलाई सहभागीता गराई साईकल यात्रा गराउन लागेको अध्यक्ष सारु मगरले बताए । 

 


लुम्बिनी चिन्तन

थप समाचार