सविता पन्थ , भैरहवा फागुन १२/
प्रथम प्याब्सन मायादेवी खेल महोत्सव २०८२ को उपाधि एभरग्रीन प्यासिफिक इंगलिस हाइस्कुल हात पारेको छ ।
निजी तथा आवश्यक विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन मायादेवीले आयोजना गरेको प्रथम प्याप्सन मायादेवी खेल महोत्सव २०८२ मा एभरग्रीन प्यासिफिक इंगलिस हाइस्कुल प्रथम, एभरेष्ठ मोर्डन इंगलिस स्कुल द्वितीय र सरस्वती एजुकेसन इङ्लिस बोर्डिङ स्कुल तृतीयले स्थान हासिल गरेका छन् ।
विकास र शान्तिका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा प्याप्सन मायादेवीका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए । एथलेटिक्स तर्फका रिले १०० मिटर ४०० मिटर रेस लमजम लगायतका खेल आयोजना गरेको खेल संयोजक विष्णु थापाले जानकारी दिनुभयो । बिजयी खेलाडीहरुलाई मायादेवी गाउँपालिका अध्यक्ष धुर्वनारायण चौधरीले पुरस्कार प्रदान गरेका थिए ।
प्रमुख अतिथीे मायादेवी गाउँपालिका अध्यक्ष धुर्वनारायण चौधरीले गाउँपालिकाले आगामी दिनमा खेलकुद पूर्वाधार विकास तथा यस्ता रचनात्मक कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यार्थीको समग्र विकासका लागि नितान्त शैक्षिक ज्ञान मात्र पर्याप्त नहुने भएकाले खेलकुदलाई पनि समान महत्व दिँदै खेल महोत्सव आयोजना गरिएको हो । विद्यार्थीहरू शारीरिक तथा मानसिक रूपमा सुदृढ बन्दै जानुका साथै उनीहरूभित्र रहेका प्रतिभाको पहिचान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
प्याप्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता मायादेवी गाउँपालिका अध्यक्ष धुर्वनारायण चौधरको प्रमुख आतिथ्यता, प्याप्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलको विशिष्ट आतिथ्यता साथै प्याप्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिक ,एन प्याप्सन सिद्धार्थनगरका अध्यक्ष अमित यादव तथा विभिन्न स्कुलका प्रधानाध्यापक र संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने खेल संयोजक विष्णु थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।