Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

सरकारले एक सय २० अभियुक्तकाे मुद्दा फिर्ता लियाे


  • लुम्बिनी चिन्तन
  • बैशाख १५, २०७८ बुधवार
  • 912
    SHARES

सरकारले एक सय २० अभियुक्तकाे मुद्दा फिर्ता लियाे

काठमाडौं । सरकारले राजपा र मधेसवादी दलले राखेका माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरूङले नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको जानकारी दिए।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । 

मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले जानकारी दिए। यसरी मुद्दा फिर्ता लिएका व्यक्तिको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने उनले बताए।


लुम्बिनी चिन्तन

थप समाचार