Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

मुख्यमन्त्री पाेखरेलले लिए पद तथा गाेपनियताकाे सपथ


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०७८ आइतवार
  • 1.7K
    SHARES

मुख्यमन्त्री पाेखरेलले लिए पद तथा गाेपनियताकाे सपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पद तथा गाेपनियताकाे सपथ लिएका छन । आज दाेश्राेपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई प्रदेश प्रमुख धर्म नाथ प्रसाद यादवले पद तथा गाेपनियताकाे सपथ गराएका हुन । 

सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए । मुख्यमन्त्रीको राजिनामा पछि लुम्बिनीको राजनितिक जोडघटाउ छिनछिनमै फेरिएको छ । हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए । तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाकाे हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।


लुम्बिनी चिन्तन

थप समाचार