Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा १४ संक्रमितको मृत्यु, ५५६ मा संक्रमण पुष्टी


  • लुम्बिनी चिन्तन
  • बैशाख २८, २०७८ मंगलवार
  • 1.0K
    SHARES

रुपन्देहीमा १४ संक्रमितको मृत्यु, ५५६ मा संक्रमण पुष्टी

भैरहवा । कोरोना संक्रमणबाट रुपन्देहीमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ८ जनाको मृत्यु भएको छ । बाँकीको जिल्लाका अन्य अस्पताल र आइसोलेसनमा ज्यान गएको हो । यससँगै रुपन्देहीमा मृत्यु हुनेको संक्रमितको कुल संख्या २ सय ९३ रहेको छ । 

यसैबीच रुपन्देहीमा आज थप ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुटवल उपमहानगरपालिकामा १ सय ७९ जना थपिएका छन् । सिद्धार्थनगरमा १ सय २०, तिलोत्तमामा ९९, सियारीमा ४२, ओमसतियामा २५, देवदहमा १९, सैनामैनामा १६, मायादेवीमा १५ जना थपिएका छन् ।

त्यसै गरी कञ्चनमा १०, रोहिणीमा ९, शुद्धोधनमा ६, लुम्बिनी सांस्कृतीकमा ५, कोटइमाइमा ४ र मर्चवारमिा तीन संक्रमित फेला परेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार