Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कारमित्र मृत भेटिएका तीन बालकको निसास्सिएर ज्यान गएको रिपोर्ट


  • लुम्बिनी चिन्तन
  • जेठ १३, २०७८ बिहिवार
  • 1.7K
    SHARES

कारमित्र मृत भेटिएका तीन बालकको निसास्सिएर ज्यान गएको रिपोर्ट

दाङ । दाङको तुलसीपुरमा गएको वैशाख १८ गते एउटै कारभित्र मृत भेटिएका तीन बालकको निसास्सिएर ज्यान गएको भिसेरा रिपोर्टले देखाएको छ । 

तुलसीपुर उपमहानगरपालिका ६ बरुवा गाउँका भीमबहादुर परियारका छोरा नौ वर्षका सन्दीप, सन्तोष परियारका छोरा सात वर्षका सुवास र किरण परियारका छोरा ६ वर्षका करण स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका थिए । 

ती बालकहरूको निसास्सिएर ज्यान गएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक डीएसपी शिबबहादुर सिंहले बताए । 


लुम्बिनी चिन्तन

थप समाचार