Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रदेश सभामा उपस्थित भएनन विपक्षी गठबन्धनका सांसद, निति तथा कार्यक्रम प्रस्तुत हुदै


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०७८ मंगलवार
  • 1.3K
    SHARES

प्रदेश सभामा उपस्थित भएनन विपक्षी गठबन्धनका सांसद, निति तथा कार्यक्रम प्रस्तुत हुदै

बुटवल । लुम्बिनीको प्रदेश सभामा प्रस्तुत भइरहेकाे आर्थिक बर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रममा  विपक्षी गठबन्धनका सांसदहरु उपस्थिती रहेकाे छैन । प्रदेश प्रमुख धर्मनाथ यादवले आज ४ बजेबाट प्रस्तुत गर्ने कार्यक्रम तय भए पनि साढे ४ बजेबाट बार्षिक नीति तथा कार्यक्रममा सुरू भएकाे हाे । 

कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले नीति तथा कार्यक्रम बहिस्कार गरेका छन्। तर यी दलका प्रमुख सचेतकहरु भने बैठकमा सहभागी छन् । 

गत बैशाख १९ गते मुख्यमन्त्रीको पुनर्नियुक्ती र त्यसपछि जवरजस्ती सपथ खुवाएको भन्दै त्यसको बिरोधस्वरुप विपक्षी गठबन्धनका सांसदहरु प्रदेश सभामा उपस्थित नभएको कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

बैठक सुरुहुन अघि कुरा प्रमुख सचेतक खानले भने-‘बैशाख १९ गते जुनरुपमा सांसदहरुमाथि अभद्र व्यवहारसहित मुख्यमन्त्रीलाई जवरजस्ती सपथ खुवाइयो, त्यसको विरोध स्वरुप सांसदहरु उपस्थित नहुने निर्णय गरेका हौं ।’

उनले नीति तथा कार्यक्रमको विरोध नभई एक दिनका लागि ‘शिष्ट अवज्ञा’ गरिएको बताए । प्रदेश सभामा गबन्धनका पार्टीहरुका सचेतक बाहेक अन्य सांसद उपस्थित छैनन् । 


लुम्बिनी चिन्तन

थप समाचार