भैरहवा । रुपन्देहीको ग्रमिण क्षेत्रमा खोपबारे गलत भ्रम फैलाएपछि लक्षित समूहले खोपमा उत्सुकता नदेखाएको पाइएको छ । नेपाल सरकारले चिनबाट अनुदानमा आएको काेराेना भाइरस विरूद्धकाे खोप देश व्यापी रुपमा लगाउने भनेर अभियान चलाएपनि रुपन्देहीका ग्रामिण क्षेत्र मर्चवारको कोटहीमाई, सम्मरीमाई, र मर्चवारीका लक्षित समूहमध्ये ३० प्रतिशतले मात्र खोप लगाएका छन ।
मर्चवारका ३ वटा गाँउपलिकामा ६२ देखि ६४ वर्ष उमेर समूहका १८७५ जना लक्षित गरेर तीन दिनको अभियानमा ५ सय ७४ जनाले मात्र खोपमा सहभागिता जनाएका छन जुन लक्ष्यको ३० प्रतिशत मात्र हो । यस्मा पनि सबै उक्त उमेर समूहको नभएर अन्य उमेर समूहका पनि छन । रुपन्देहीको ग्रामिण क्षेत्रका गांउपालीकाहरुमा चिनिया खोप प्रति नकारात्मक सुचना प्रभाव भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक राजेन्द्र गिरिले बताए ।
स्वास्थ्य कार्यालयले स्थानिय पालीकाहरुलाई जेष्ठ नागरिककहरुको संख्याका आधारमा बितरण गरेको थियो । खोपलाई बृद्ध भत्तासँग जोडेर गलत भ्रम स्रिजित गरेको सुन्नमा आएकोले पनि खोप लगाउनेको संख्यामा कमि आएको बताए । केन्द्रमा पठाइएका खोपहरु मध्ये हिजो सम्म चलेको अभियानमा मर्चवारी गांउपालीकामा १४ दशमलब ४ प्रतिशत, कोटहीमाईमा ३७ दशमलव ६ प्रतिशत र सम्मरीमाईमा ३९ दशमलव ५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए ।
रुपन्देहीको मर्चवार क्षेत्रमात्र नभएर लुम्बिनी सांस्कृतीक नगरपालीका, ओमसतिया गांउपालीका, मायादेवीको केही क्षेत्रमा पनि अनाबस्यक हल्ला फैलाईएको थियो । यो हल्ला कहा बाट कस्ले फिजायो भन्ने पुष्टी भएको छैन ।
जेष्ठ नागरिकहरु खुलेर खोप लगाउन नआएको मर्चवारी गांउपालीका अध्यक्ष केशव नन्दन बानीयाले बताए । गांउ भरि अनाबस्य हल्ला फिजाएर खोप लगाउन धेरै आएनन । सरकारले बृद्धहरुलाई भत्ता दिईरहन नसक्ने भएकाले तिन चार बर्षमा मार्ने गरि यो चिनीया खोपहरु ल्याएको हो भन्ने हल्ला गांउमा फैलाएको अध्यक्ष बानियाले भने ।
चिनिया खोप लगाएपछि मान्छे बिरामी हुन्छ अस्पताल गए पछि फर्किदैन भन्ने हल्ला मेरो पालीकाका केही स्थानहरुमा पनि फैलदा कम नागरिकले खोप लगाएको ओम सतिया गांउपालीकाका अध्यक्ष हिरा केवट राहुलले बताए ।
सरकारले भारतीय खोप दिन्थ्यौ मार्नलाई नै चिनीया खोप दिएको छ, खोप लगाउने बारे जनचेतना नहुनु, विरामी भइन्छ भन्ने डर, खोपले काम गर्दैन भन्ने मानसिकताले पनि ग्रामिण क्षेत्रमा खोप लगाउनेको संख्यामा कमि आएकोे मर्चवार क्षेत्रका क्रियाशिल पत्रकार सिताराम चौधरीले भने । कतिपयले चिनबाट आएको खोप राम्रो नभएकोले भारतिय खोप आउदा मात्र लगाउने उनले बताए ।
जिल्लाको बिभिन्न स्थानहरुमा चिनीया खोपका बिषयमा अनाबस्य हल्ला फिजाएर खोप नलगाएको भन्ने बिषयमा आफुलाई पनि जानकारी भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । अनाबस्यक हल्ला भएको जानकारी आए पनि खोप लगाउन पाईन भन्ने जेष्ठ नागरिकहरुबाट गुनाशाहरु भने आएको छैन प्रमुख जिल्ला अधिकारी तामाङले भने ।
खोप जेष्ठ नागरिकका लागी भने पनि पहुचको आधारमा सबैले लगाएका छन् । रुपन्देहीमा खोप ६२ देखी ६४ उमेर समुहकालाई लक्षित गरिएको थियो ।
ग्रामिण क्षेत्रमा खोप नलगाए पनि शहरी तथा बजार क्षेत्रमा भने खोपका लागि हारालुछ छ । लक्षित र तोकिएका व्यक्तिहरुलाई खोप लगाउने स्वास्थ्य कार्यालयले तोके पनि स्थानीय तहको स्वास्थ्य शाखाको समन्वयमा भएको खोप कार्यक्रममा लक्षित भन्दा बाहिरका व्यक्तिहरुले पनि सहभागिता जनाएका छन । बृद्ध तथा जेष्ठ नागरिकहरुका लागि निश्चित तोकीएको खोप यूवाहरुमा आकर्षण बनेपछि कतिपय ठाँउमा विवाद समेत भएको थियो ।