Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रदेशका अस्पताललाई २ करोड ७० लाखको स्वास्थ्य सामाग्री प्रदान 


  • लुम्बिनी चिन्तन
  • आषाढ २, २०७८ बुधवार
  • 2.0K
    SHARES

लुम्बिनी प्रदेशका अस्पताललाई २ करोड ७० लाखको स्वास्थ्य सामाग्री प्रदान 

भैरहवा ।  लुम्बिनी प्रदेशका विभिन्न अस्पतालाई निमा स्मृती प्रतिष्ठानले २ करोड ७० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।  अन्तराष्ट्र्यि दातृ निकाय संग समन्वय गरि प्रतिष्ठानले दुई प्रादेशिक अस्पताल सहित प्रदेशका १३ अस्पताललाई सो सामाग्री प्रदान गरेको हो । 

प्रतिष्ठानको पहलमा अमेरीकामा रहेको प्रोजेक्ट होपको सहयोगमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको  प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन ।

कोभिड १९ को दोस्रो लहरले जनजीवनमा नकारात्मक प्रभाव पारेको र अस्पतालमा अक्सिजन लगायतको स्वास्थ्य उपकरण तथासामग्रीको अभावमा नहोस भन्ने हेतुले लुम्बिनी प्रदेशका स्वास्थय तथा जनसंखया मन्त्री भोजप्रसाद श्रेष्ठ मार्फत उक्त सामाग्री प्रदान गरिएको हो । 

प्रतिष्ठानले प्रदेशका सबै अस्पतालमा पुगि मेडिकल अफिसरहरुसंगको छलफल पछि अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको निर्देशक थापाले बताईन । प्रदेशका २ वटा प्रादेशिक अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र रा्प्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित प्रदेशका अन्य अस्पतालमा प्रदान गरिएको हो । 

प्रादेशिकका साथै भेरी अस्पताल नेपालगञ्ज, भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल नवलपरासी, अर्घांखाची, तौलिहवा, तानसेन, गुल्मी, रोल्पा, रुकुम, बर्दियाका जिल्ला अस्पतालमा हस्तान्तरण गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानले ती अस्पतालहरुमा अक्सिजन कन्सनटेटर १० लिटरको ९० थान, अक्सिजन सिलिण्डर ११५ थान, मेडिकल टेण्ट ५ थान, वाईप्याप मेसिन ५ थान, आईसियु वेड ५ थान, पीपीई सेट २ हजार २ सय थान, स्यानिटाईजर १ हजार १ सय ५० लीटर , सर्जिकल मास्क १२ हजार थान,  सर्जिकल ग्लोबस २ हजार थान ,फेससिल्ड ४ हजार थान ,सर्जिकल क्याप ४ हजार थान लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको कार्यकारी निेर्देशक थापाले जानकारी दिईन् । 

कोभिड १९ विरुद्धको लडाईमा सरकारको सहयोगीको रुपमा सधै संस्था रहेको उल्लेख गर्दै निम्न स्तरका जनताको सुविधालाई  ध्यानमा राखी सहयोग गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केशीले जानकारी दिए । उतm सामग्री सही रुपमा प्रयोग गर्न प्रोत्साहन गर्न यसको अनुगमन समेत गरिने निर्देशक केशीले जानकारी दिए । सिद्धार्थनगरमा प्राविधिक शिक्षा कलेज संचालन गरिहेको प्रतिष्ठानले कोरोनाको पहिलो लहर सुरु हुंदा आफ्नो भवन क्वारिन्टिन प्रयोगमा उपलब्ध गराएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार