Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लन टेनिसमा रुपन्देही १ स्वर्णसहित ३ कास्य पदक


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ६, २०७७ बिहिवार
  • 930
    SHARES

लन टेनिसमा रुपन्देही १ स्वर्णसहित ३ कास्य पदक

बुटवल। काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीका १ स्वर्णसहित ३ कास्य पदक जितेका छन ।

काठमाण्डौको ललितपुरमा सम्पन्न प्रतियोगिता अन्तरगत यु–८ समुहमा बुटवल न्यु होराईजन माविका निश्चल ज्ञवालीले स्वर्ण पदक जितेका हुन । उनले फाईनलमा काठमाण्डौका सुभम केसीलाई ४–० ले पराजित गर्दै उपाधि चुमेका हुन । ज्ञवालीले यु–९ समुहमा समेत तेस्रो स्थान हासिल गर्दै कास्य हात पारे ।

यसैगरि बुटवलकै संघर्ष फौदार यु –८ र यु –९ समुहमा तेस्रो स्थान हासिल गदै दुई कास्य जितेका छन । यसैगरि यु –९ को डबल्सतर्फ बुटवलका ब्रिजेश अर्याल र योगेश ज्ञवालीको जोडी काठमाण्डौका सन्जोग बिलोङ र सम्खा एच राईको जोडीसंग क्वाटरफाइनलमा पराजित भएका थिए । प्रतियोगितामा विभिन्न ८ समुहमा देशभरका एक सय खेलाडीहरुले भाग लिएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार