Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट : २९ रनले लुम्बिनी शाक्यान विजयी   


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७७ शनिवार
  • 734
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट : २९ रनले लुम्बिनी शाक्यान विजयी   

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शनिबारको खेल लुम्बिनी शाक्यान क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा साइ ग्लोबल क्रिकेट क्लबलाई २९ रनले पराजित गर्दै जित निकालेको हो  । 
टस जितेर सुरुवाती ब्याटिङ रोजेको लुम्बिनी शाक्यानले निर्धारित ५० ओभरको खेलमा २२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १३९ बनाएको थियो । जसका लागि अख्तर हसेनले सार्वधिक ३३, अजमत खानले २९ र रुपक सापकोटाले २१ रन बनाए । बलिङ तर्फ साइग्लोबलका इमरान पठानले ५, आकाश त्रिपाठीले ३ र जम्बो मगरले २ विकेट लिए ।  
जवाफी ब्याटिङमा १४० रनको लक्ष्य पाएको साइग्लोबल ३२ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १०० रन बनाएको थियो । इमरान खानले सार्वधिक २६ रन र अशुतोस पासवानले २५ रन बनाए अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेपछि साइग्लोबलले हार व्योहोर्नु प¥यो । बलिङ तर्फ अख्तर हुसेनले ६, गणेश गौतमले २, बैतुल्लाह खान र अजमत खानले समान  १–१ विकेट लिए । 

legue cricket.jpg
शनिबारको खेलमा अख्तर हुसेन म्यान अफ द म्याचबाट पुरस्कृत भए । लुम्बिनी शाक्यानका हुसेनले १० ओभरमा १ मेडेन खेल्दै २३ रन खर्चेर ६ विकेट लिएका थिए । 
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । अहिले सम्मको खेलबाट ३ वटा टिम डिभिजन ए मा उक्लिएको छ । आइतबार वेस्टर्न क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लब बीच प्रतियोगिता हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 
स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार