Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट: जित सँगै वेस्टर्न डिभिजन ‘ए’मा, मंगलबारदेखि डिभिजन ए चरणको खेल


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ९, २०७७ आइतवार
  • 922
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट: जित सँगै वेस्टर्न डिभिजन ‘ए’मा, मंगलबारदेखि डिभिजन ए चरणको खेल

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको आइतबारको खेल वेस्टर्न क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको अन्तिम खेलमा गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्दै वस्टर्नले खेल जितेको हो । जित सँगै समूह बी को वेस्टर्न डिभिजन बी बाट ए मा उक्लिएको छ ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको वेस्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेट गुमाउदै १६१ बनाएको थियो । जसका लागि अनिल खरेलले नटआउट सार्वधिक २७ विष्णु देव खनालले २४ र राहुल कुमारले २३ रन बनाए । बलिङ तर्फ गोलपार्कका दिव पुनले ३, हेमन्त ओलीले २ र रिक्की पुनले १ विकेट  लिए ।  
जवाफी ब्याटिङमा १६२ रनको लक्ष्य पाएको गोलपार्कले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै ११२ रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि ४९ रनले गोलपार्क हार व्योहोर्नु प¥यो । गोलपार्कका रिक्की पुनले सार्वधिक ३२, हेमन्त ओलीले १४ रनको योग्दान गरेपनि जीत निकल्न सकेनन । वेस्टर्नका कृष्ण कार्कीले ४, अनिल खरेलले ३, विक्रम भुसाल, हर्जित सिंह र अभिषेक गौतमले १–१ विकेट लिए । 

legue cricket.jpg
आइतबारको खेलमा कृष्ण कार्की  म्यान अफ द म्याचबाट पुरस्कृत भए । वेस्टर्न सँगै बुटवल राइनोज, तिलोत्तमा क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश गरिसकेका छन् । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच मंगलबारबाट प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 
स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार