भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मेलबर्न क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको पहिलो खेलमा सैनामैना क्रिकेट क्लबलाई १०८ रनले पराजित गर्दै मेलबर्नले खेल जितेको हो ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको मेलबर्नले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउदै १९२ रन बनाएको थियो । जसका लागि प्रियान्सु श्रेष्ठले नटआउट सार्वधिक ५६, बिशाल मौर्य ४१ र मोहम्मद हुसेनले २० रन बनाए । बलिङ तर्फ सैनामैनाका सुनिल पौडेलले ३, बिशाल भुसालले २ विकेट लिए ।
जवाफी ब्याटिङमा १९३ रनको लक्ष्य पाएको सैनामैनाले २७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै ८४ रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि १०८ रनले हार व्योहोर्नु प¥यो । सैनामैनाका मनिस क्षेत्रीले सार्वधिक २५, सुनिल पौडेलले नटआउट १६ रनको योग्दान गरेपनि जीत निकल्न सकेनन । मेलबर्नका सन्तोस यादवले ४, मोहम्मद हुुसेन र रमेश कुर्मीले २–२ विकेट लिए ।
मंगलबारको खेलमा सन्तोस यादव म्यान अफ द म्याचबाट पुरस्कृत भए । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

बुधबारको खेल बुद्ध क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुनेछ । स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।