भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बुद्धबारको खेल बुद्ध क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा बुटवल राइनोजलाई ८ विकेटले पराजित गर्दै बुद्धले खेल जितेको हो ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवलले निर्धारित ४६ ओभरको खेलमा ३१ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै ९४ रन बनाएको थियो । जसका लागि रविन सारुले १८, आषिस लोहनी र ईश्वर खनालले १४÷१४ रन बनाए । बलिङ तर्फ बुद्धका रुपेश कुर्मीले ४, अमित अग्रहर िर विपिन खत्रीले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा ९५ रनको लक्ष्य पाएको बुद्धले १८ दशमलव २ ओभरमा २ विकेट गुमाउदै ८४ लक्ष्य पार ग¥योे । जसका लागि रिजन प्राजुले सार्वधिक ३६, निखिल यादवले नटआउट ३२ र रमिर शेखले ४ रनको योग्दान गरे । बुटवलका सन्दिप बस्याल र अब्दुल नसिमले समान १–१ विकेट लिए ।

बुद्धबारको खेलमा रुपेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको छ । बिहीबार डिभिजन ‘ए’ अन्तर्गत एमसीसी र लुम्बिनी खुकुरी क्रिकेट क्लब बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।