Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै


  • लुम्बिनी चिन्तन
  • कार्तिक ४, २०७८ बिहिवार
  • 1.4K
    SHARES

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै

आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो ।

भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुई/तीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ । 

‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुन्छ, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी परे पनि बाढी र डुबान हुने गरी ठूलो  वर्षा र झरीको सम्भावना छैन’ मौसमविद् पौडेलले भन्नुभयो । गएको आइतवारदेखि अस्तिसम्म पश्चिमी क्षेत्रमा धेरै पानी पारेको प्रणाली हिजो पूर्व सरेको थियो । आज भने पूर्वबाट पनि यो प्रणाली हटिसकेको मौसमविद्ले बताएका छन् । 

यसैबीच, पानी नपरे पनि हिजोअस्तिकै वर्षाले जमिन गलेकाले पहिरोको जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन् । भिरालो जमिनमा बसोबास गर्ने र यात्रा गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ । 


लुम्बिनी चिन्तन

थप समाचार