Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दुर्गा सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पुन : गुप्ता


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०८२ आइतवार
  • 488
    SHARES

दुर्गा सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पुन : गुप्ता


भैरहवा चैत्र १५

श्री दुर्गा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सि.न.पा. वार्ड नं.३,५ र ६, रूपन्देही को ५औँ अधिवेशन तथा १५औँ साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रहरी नायब उपरीक्षक गणेश सापकोटाको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा वडा नं। ६ का वडा अध्यक्ष बिरेन्द्र श्रीवास्तव रहनुभएको थियो भने अतिथिहरूमा वडा .नं. ३का पूर्व वडा अध्यक्ष  थानेश्वर पौडेल, राजेश ढकाल लगायतको  उपस्थिति रहेको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष आनन्द न्योपानेको स्वागतमा सम्पन्न कार्यक्रममा  कोषाध्यक्ष नन्दकिशोर यादवले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने महासचिव शान्ता कन्डेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अधिवेशन सञ्चालनका लागि निर्वाचन अधिकृतका रूपमा अधिवक्ता दिलिपकुमार मल्लिकले भूमिका निर्वाह गर्नुभएको थियो।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा अजयकुमार गुप्ता निर्वाचित हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा शान्ता कन्डेल, उपाध्यक्ष ९खुल्ला० मा नन्दकिशोर यादव र उपाध्यक्ष ९महिला० मा शकुन्तला अधिकारी चयन हुनुभएको छ।
त्यसैगरी महासचिवमा पुनम क्षेत्री, कोषाध्यक्षमा कमलेश पाण्डे, सचिवमा रश्मि कोइराला तथा सह(कोषाध्यक्षमा पुनम जैसबाल निर्वाचित हुनुभएको छ। सदस्यहरूमा बिजय चन्द ठकुरी, कल्पना ज्ञवाली, सुनिता शर्मा, शान्ता भण्डारी, बिष्णु गुप्ता, वर्षा अर्याल र दुर्गा केसी चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष अजयकुमार गुप्ताले अध्यक्ष भनेको सबैको साझा हुन्छ। म भन्ने शब्द हुँदैन मेरो कार्यकालमा म म नभनेर हामी भनेर अगाडि बढ्ने बताउनु भएको छ।

नव निर्वाचित पदाधिकारीहरूले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र सक्रिय बनाउँदै समुदायको सेवा र सुरक्षामा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको अन्त्यमा सहभागीहरूले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार