Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी सहित ३ प्रहरी सम्मानित


  • लुम्बिनी चिन्तन
  • कार्तिक ६, २०७८ शनिवार
  • 716
    SHARES

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी सहित ३ प्रहरी सम्मानित

भैरहवा । बुटवलको प्रहरी प्रमुख मदन कुँवर सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ईलाका प्रहरी कार्यालय बुटबलका प्रमुख कुँवरसहित ३ जना प्रहरी कर्मचारीलाई सम्मान गरेको हो ।

शान्ति सुरक्षामा कानुनको पालना गराउन सशक्त रूपमा लागेका भन्दै मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको हो । शनिबार एक समारोहका बीच जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालयका बुटबल प्रमुख प्रहरी नायब उपरीक्षक कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख प्रहरी नायब निरीक्षक भबिलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी सहायक निरीक्षक विमला गोतामेलाई असोज महिनाको ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको हो

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोजकुमार केसीले उनीहरुलाई उक्त अवार्ड प्रदान गर्दै बधाई दिए । जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय काम गकेको भन्दै जिल्ला प्रहरी कार्यालयले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगले सम्पादन गरे बापत उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जनाए ।


लुम्बिनी चिन्तन

थप समाचार