Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

करुणा बुद्धमुर्ती गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलमा , कात्तिक १४ गते राष्ट्र्रपतिद्वारा अनावरण गर्ने

दुई अर्ब ५० करोड बढी मुल्यको


  • लुम्बिनी चिन्तन
  • कार्तिक ७, २०७८ आइतवार
  • 812
    SHARES

करुणा बुद्धमुर्ती गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलमा  , कात्तिक १४ गते राष्ट्र्रपतिद्वारा अनावरण गर्ने

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थलमा राखिने दुई अर्ब पचास करोड बढी मुल्यको बुद्ध मुर्तीलाई शनिबार लुम्बिनी परिक्रमा पछि बिमानस्थल परिसरमा ल्याईएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतीक नगरपालीका मार्फत गौतमबुद्ध बिमानस्थलमा राख्नका लागी यो बुद्ध मुर्ती ल्याईएको फाउण्डेसनका महासचिव एक राज गिरिले बताए ।

लुम्बिनी गार्डेन फाउण्डेसनले म्यानमारको बिभिन्न संस्थाहरु संग समन्वय गरि सहयोगमा यो मुर्ती नेपाल ल्याएको थियो । म्यानमार बाट नेपाल ल्याईएको यो बुद्ध मुर्ती भारत हुदै नेपाल भित्रिएको थियो । उक्त मुर्तीलाई शनिबार सिदार्थनगर उधोग बाणिज्य संघ, लुम्बिनी होटल संघ , लुम्बिनी सांस्कृतीक नगरपालीका , सिदार्थनगर नगरपालीका , साईकल सिटि भैरहवा लगायत बिभिन्न संघसंस्थाहरुको समन्वयमा बेलहीया, भैरहवा , लुम्बिनी परिक्रमा पछि बिमानस्थल परिसरमा राखिएको लुम्बिनी सांस्कृतीक नगरपालीकाका समन्वय अधिकृत तुल्सी प्रसाद लामीछानेले बताए ।

बिभिन्न झांकी सहित निकालीएको र्यालीले भैरहवा लुम्बीनी लगायतका स्थानहरुको परिक्रमा गरेको र ठांउ ठांउमा बुद्ध पुजा गरिएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । यो मुर्तीले म्यानमार र लुम्बिनीको सम्बन्धलाई थप मझबुत बनाएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिच्छु मैतेयले बताए । बुद्ध मुर्तीलाई रुपैया संग तुलना गर्न नहुने भन्दै उपाध्यक्ष मैतेयले गौतम बुद्धको सन्देशनै अमुल्य रहेको बताए ।

दुई अर्ब पचार करोड मुल्य पर्ने यो मुर्ती नेपाल ल्याईपुराउदा सम्म करिब ३ अर्ब मुल्य पर्ने लुम्बिनी गार्डेन फाउण्डेसनका महासचिव गिरिले बताए । मुर्तीलाई कातिक १४ गते राष्ट्रपति मार्फत गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल परिषरमा अनावरण गर्ने कार्यक्रम रहेको उनले बताए । नेपाल सरकार अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरि मुर्ती भित्राईएको गिरिले बताए ।

भन्सार तिर्न पर्ने अवस्था आएको भए एक अर्ब बढी भन्सार तिर्नु पर्ने थियो उनले भने । वाइडजेड स्टोन बाट बनेको बुद्ध मुर्ती १८ सय केजीको छ । यो मुर्ति लोटस ल्पावर सहित १ दशमलब ९ मीटर अग्लो , ६० सेन्टीमिटर चौडाई र १ मिटर मोटाई रहेको छ । यो मुर्तीलाई बुधवार भैरहवा लुम्बिनी परिक्रमा गरि गौतमबुद्ध बिमानस्थल परिषरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा संम्धिान सभा सदस्य इृस्तियाक अहमद खांन , प्रदेश सभा सदस्य शन्तोस पाण्डेय , सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने , रामग्राम नगरपालीकाका मेयर लगायतले आ आप्नौ भनाई राख्नु भएको थियो 


लुम्बिनी चिन्तन

थप समाचार