Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

७ विकेटले जि. आर  विजयी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १८, २०७७ मंगलवार
  • 962
    SHARES

७ विकेटले जि. आर  विजयी

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेल एक्सपर्ट जि आर क्रिकेट क्लबलले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा देवदह क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जि आरले खेल जितेको हो । 
टस जितेर सुरुवाती व्याटिङ रोजेको देवहले निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै ११२ रन बनाएको थियो । जसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५, शुभम ढकालले २० रन बनाए । बलिङ तर्फ जि आरका  नितेश थापाले ५, सिद्धान्त शाहीले २, धिरज शाही र सौरभ खनालले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा ११३ रनको लक्ष्य पाएको जि आरले १९ दशमलव १ ओभरमा जित निकाल्यो । ३ विकेट क्षतिमा ११६ रन बनाउदै लक्ष्य पार ग¥यो जसका लागि राजविर सिंहले नटआउट ४३, संदीप सुनारले २२ र विशाल भुसालले नटआउट १९ रन बनाए । 
बलिङ तर्फ देवदहका विकास श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खडकाले समान १-१ विकेट लिए । 
मंगलबारको खेलमा नितेश थापा म्यान अफ द म्याच भए थापाले ८ दशमलव ४ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिएका थिए । 
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको छ । बुधबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

legue cricket.jpg
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार