Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि “महिला शान्ति तथा सुरक्षा” परियोजनाको सुभारम्भ


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १२, २०७८ बिहिवार
  • 642
    SHARES

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि “महिला शान्ति तथा सुरक्षा” परियोजनाको सुभारम्भ

भैरहवा, १२ फागुन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा शान्ति तथा सुरक्षाका सवालमा काम गर्ने गरी नयां परियोजनाको सुभारम्भ गरिएको छ ।

नागरिक भईकनपनि सामान्य नागरिकले पाउनु पर्ने अधिकारबाट बन्चित भईरहेको यो समुदायलाई समाजमा अरु नागरिक जस्तै सहज जीवन यापनका लागि वातावरण बनाउने उद्देश्यले “महिला शान्ति र सुरक्षा” कार्यक्रमको सुरुवात गरिएको एक्लोलाई सहारा दिने वृक्ष समूहका कार्यालय प्रमुख मनिला न्यौपानेले जानकारी दिनुभयो ।

उहांका अनुसार उतm परियोजना ईन्टरनेशनल अलट र युके एड को सहयोगमा बाग्मती र लुम्बिनी प्रदेशमा संचालन गरिएको छ । परियोजनाका बारेमा जानकारी दिदै इन्टरनेशनल अलर्ट लुम्बिनी प्रदेश संयोजक बादल लामाले सरकारी नीतिगत त्रुटीका कारण अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता अवसरबाट वन्चित हुन पुगेकोमा दुख व्यतm गर्नुभयो ।

कार्यगत क्षमता हुंदाहुंदै पनि पहिचानकै अभावमा रोजगारी नपाउने, स्वास्थ्यसेवाबाट वन्चित हुनु पर्ने जस्ता विषयलाई मिडीयाले गम्भिर रुपमा उठाई राज्यको ध्यानाकार्षण गरिदिनुपर्ने लामाको भनाई छ ।

विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक स्थल हरेक ठाउंमा यो समुदायको पहिचान हुनुपऱ्यो भन्ने हाम्रो माग हो उहांको भनाई थियो । परियोजनाले विषेश गरेर यिनै विषयमा अध्ययन गर्ने, समस्या पहिचान गरी समस्याको दीर्घकालिन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित सबैको ध्यान केन्द्रित गर्नेछ ।

फरक पहिचान रहेको यो समुदायका व्यतिmहरुले अहिले पनि नीति निर्माण गर्ने तहकै व्यतिmहरुको आफुहरुप्रतिको बुझाई गलत भएका कारण सही नीति बन्न नसकेकोले नीति निर्माण तहमै आफ्नो सहभागिता हुनुपर्ने माग गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार