भैरहवा, १४ फागुन ।
नेवारी भाषा, संस्कृति नेपालको राष्ट्रियतासंग जोडिएकोले यसको संरक्षण र प्रर्वद्धनमा ध्यान दिनुपर्ने एक कार्यक्रमका व्यक्ताहरुले जोड दिएका छन् ।
नेवा: खल: सिद्धार्थनगरको २२ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष समेत रहनुभएका नेवारी समुदायका अगुवा महेश्वर प्रसाद श्रेष्ठले नेवारी संस्कार, संस्कृति, भाषा लोप हुने अवस्थामा पुगेको भन्दै यसप्रति नयां पुस्तामा जागरुकता ल्याउनु पर्ने बताउनु भयो ।
परिवारमा नेवारी भाषाको प्रयोग गर्ने, विभिन्न चाडपर्वमा नयां पुस्तालाई समावेश गर्ने र परम्परागत कुराहरुका बारेमा जानकारी गराउनु अहिलेको आवश्यकता भएको र यो सबै काम नेवाखल सिद्धार्थनगरले गरिरहेको भन्दै प्रसंशा गर्नुभयो ।
खलका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेवारी समुदायको उत्पत्ति र नेपाली राष्ट्रियतामा यसको महत्वका विषयमा खलका पुर्व अध्यक्ष तथा सल्लाहकार विजय सागर श्रेष्ठले जानकारी दिनुभयो ।
खलका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्रभक्त श्रेष्ठको स्वागत तथा सचिव सुरेश शंकर बज्राचार्यको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा भैरहवा मर्निङ्गवाक समुहका अध्यक्ष ओमकार गौचन, वरिष्ठ आख्यानकार वनमाली निराकार, वैद्धिक सनातन धर्म सेवा समितिका अध्यक्ष विनिता श्रेष्ठ, पुर्व अध्यक्ष तथा सल्लाहकार लता प्रधान, भाग्यमान श्रेष्ठ, शौरभ श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यतm गर्नुभयो ।

कार्यक्रममा खलले नेवारी समुदायका जेष्ठ नागरिक, विभिन्न पदवी हासिल गर्ने समुदायका व्यतिmत्व, एईईमा उत्कृष्ट हुने छात्र छात्रा, सामुदायिक विद्यालयतर्फबाट एसइइमा उत्कृष्ट हुने एक जना विद्यार्थी, तथा नेवा खललाई विभिन्न तबरले सहयोग गर्ने व्यतिmहरुलाई सम्मान गरिएको खलका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
यसरी सम्मानित हुनेमा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्मा, कैलाश बजिमय तथा छायां वजिमय, रञ्जना लिपीको प्रर्वद्धनमा योगदान गरेपावत दिनेश श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै खलले सामुदायिक विद्यालयतर्फ यस क्षेत्रमा ४ जिपिए अंक ल्याउन सफल लिलाराम न्यौपाने माविका छात्रा संचिता रेग्मीलाई नगद सहित सम्मान गरेको छ । खलले आफ्नो परिवारका नवप्रतिभाहरुको हौसला बढाउने उद्देश्यका साथ डाक्टर, ईन्जिनियर बन्न सफल विभिन्न नवप्रतिभाहरुलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेमा डा. आयुषी श्रेष्ठ, ई.साकार श्रेष्ठ, ई.अनु श्रेष्ठ, डा. चन्द्र भतm श्रेष्ठ, ई. दिपेन्द्र श्रेष्ठ, ई.ईरा श्रेष्ठ, अधिवतmा रन्जला प्याकुरेल श्रेष्ठ, ई. अभिषेकमान बैश्यत, ई. विजय कर्माचार्यलाई दोसल्ला तथा प्रसंशापत्रले सम्मान गरिएको थियो । यस्तै खललाई संरक्षण प्रदान गर्ने विभिन्न जेष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा यस वर्ष खलले ८५ वर्ष पार गरेका सिद्धार्थनगर ७ निवारी गोविन्द बैश्यत, ९० विर्षया कमल कुमारी श्रेष्ठ, सिनपा ९ निवासी ८१ व्र्षिया रेणुदेवी श्रेष्ठ, सिनपा १२ निवासी ८३ वर्षिय मनोहर नारायण श्रेष्ठ, सिनपा १३ निवासी, ८४ वर्षिया श्यामादेवी जोशीलाई सम्मान प्रदान गरिएको जनाएको छ ।
कार्यक्रममा खलका संस्थापक सदस्य तथा पुर्व अध्यक्ष कृष्ण प्रसाद द्धवा, दिपक प्रधान, राजु नारयण श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, धर्मराज श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, सनत कुमार श्रेष्ठ, ईन्दुदेवी श्रेष्ठ, सिनपा ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्य, सिनपा १२ का वडा अध्यक्ष करुङ्गजंग श्रेष्ठ, खलका निवर्तमान अध्यक्ष राम कहादुर श्रेष्ठ लगायत खलका अन्य पदाधिकारी, सदस्यको उपस्थिति रहेको थियो । खलले एक वर्ष सम्म गरेका विभिन्न कामको बारेमा सचिव सुरेश शंकर बज्राचार्य तथा आर्थिक विवरण कोषाध्यक्ष हरि सुन्दरमान श्रेष्ठले गनुभएको थियो ।