Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मधेशी पत्रकार समाज रुपन्देहीद्धारा स्वर्गिय पत्रकार बिन्दु कुमार चौहानको स्मृतीमा स्थापित पत्रकारीता पुरस्कार वितरण


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७९ बुधवार
  • 480
    SHARES

मधेशी पत्रकार समाज रुपन्देहीद्धारा स्वर्गिय पत्रकार बिन्दु कुमार चौहानको स्मृतीमा स्थापित पत्रकारीता पुरस्कार वितरण


भैरहवा भदौ २९
मधेशी पत्रकार समाज रुपन्देहीले स्वर्गिय पत्रकार बिन्दु कुमार चौहानको स्मृतीमा स्थापित पत्रकारीता पुरस्कार बुधवार वितरण गरेको छ । 
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष राम राज पोख्रेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पत्रकार मोहम्द हबिलाई सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राधेश्याम बिश्वकर्माले समाजले जिल्लाका सबै पत्रकारलाई समेटदै अगाडी बढ्ने बताउनु भयो । स्वर्गिय पत्रकार बिन्दु कुमार चौहानलाई सधैभरी सम्झना गर्ने गरि उनको नाममा बिभिन्न किसिममा कार्यक्रमहरु गर्दै अगाढी बढ्ने उल्लेख गर्नु भयो । 
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष राम राज पोख्रेलले पत्रकारहरुको हक अधिकार रक्षाका लागी आफु सदैव प्रतिबद्धरहेको बताउनु भयो । महासंघले हालै मात्र महासंघमा अबद्ध पत्रकारहरुको दुर्घटना बिमा गरेको उल्लेख गर्दै सबै पत्रकारहरुलाई लाभ लिन मिल्ने गरि थप कामहरु पनि गर्दै जाने उल्लेख गर्नु भयो । 
कार्यक्रममा मधेशी पत्रकार समाज, लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना लगायतले स्वगिर्य पत्रकार बिन्दुकुमार चौहानले पत्रकारीता क्षेत्रमा पुराएको योगदानका बिषयमा चर्चा गर्नु भएको थियो ।  कार्यक्रम समाजका सचिव ह्ृदयराम गुप्ताको सञ्चालन तथा कोषाध्यक्ष रविन्द्र गुप्ताको स्वागतमा सम्पन भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार