भैरहवा भदौ ३१,/
सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा सुक्रवार भैरहवामा स्मरण (मेमोरी) खेल प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा परिवारमा आवद्ध बिध्यालयका छात्र छात्राहरु सहभागी रहेको परिवारका अध्यक्ष उदय कुमार मल्लीकले जानकारी दिनु भयो । प्रतियोगितामा छात्रतर्फ मनकामना बोर्डिङ हाई स्कुलका अबसोज खान प्रथम भएका थिए भने छात्रातर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम भएकी थिईन ।
प्रतियोगितामा कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरु १७ छात्र र १७ छात्रा सहभागी थिए । ४० ओटा फरक–फरक वस्तुहरु राखेर विद्यार्थीहरुलाई पहिचान गर्न लगाइ उनीहरुको स्मरण जाँच गरी प्रथम, द्वितिय, तृतिय र सान्त्वना छनोट गरिएको कार्यक्रम संयोजक श्रृजना पाठकले जानकारी दिनु भयो ।

प्रतियोगितामा छात्रतर्फ सनलाइट बोर्डिङ स्कुलका अनिस चौधरी द्वितिय, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तृतिय र युनिकहोम्स् स्कुलका आयुसेक घर्ती सान्त्वना भएका थिए । त्यस्तै, छात्रातर्फ मिनर्वा हाई स्कुलकी लिजा गुरुङ द्वितिय, मनकामना हाई स्कुलकी सरिना क्षेत्री तृतिय र एभरेष्ट मोर्डन स्कुलकी प्रियंका जैसवाल सान्त्वना भएकी थिईन । विजेता खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका–१ का अध्यक्ष उज्जवल पोखरेलले यस्ता किसिमका अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई योग्य र क्षमतावान बनाउन सहयोग पुग्ने बताउनु भयो । परिवारका अध्यक्ष उदयकुमार मल्लिकले स्मरण खेलले विद्यार्थीलाई सम्झने सक्ने क्षमताको विकास गर्ने विश्वास व्यक्त गर्नु भयो ।
परिवारका पूर्वअध्यक्ष राजकुमार गुरुङले मानिसको स्मरण शक्ति भएकाले सर्वश्रेष्ठ प्राणि भएको बताउँदै विद्यार्थीहरुले लगनशील भएर अध्ययन गर्नु पर्ने बताउनु भयो । सामूहिक विद्यालय परिवार रुपन्देहीमा १८ विद्यालय आबद्ध छन् । प्रतियोगितामा यसमध्ये १७ विद्यालयले सहभागिता जनाएका थिए । सिद्धार्थनगर नगरपालिका वडानं १ का वडाअध्यक्ष उज्जवल पोख्रेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा निर्बतमान अध्यक्ष मनोज कुमार यादव , पुर्व अध्यक्षहरु राज कुमार गुरुड. , बिष्णु पन्थी , गोकुल पोख्रेल , बसन्त पाण्डेय , उपाध्यक्ष युवराज पोख्रेल , सहसचिव प्रमोद यादव , कार्य समिती सदस्य सफल बस्नेत , दिपक थापा चन्द्र प्रकास न्यौपाने र राजित चौधरी लगायतको सहभागीत रहेको थियो ।
कार्यक्रममा कोषाध्यक्ष प्रकास समसाद ईद्रिसिले प्रकास पार्नु भएको थियो भने निर्णयकमा रचना क्षेत्री रहनु भएको थियो । कार्यक्रम परिवारका अध्यक्ष उदय कुमार मल्लीकको अध्यक्षता र सचिव श्रृजना पाठकको संचालनमा सम्पन्न भएको थियो ।