भैरहवा असोज ५/
सञ्चारमाध्यमहरुले सकारात्मक खबरलाई प्रोत्साहित गर्नु पर्ने ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयले आग्रह गरेको छ । अहिले नकारात्मक खबरहरु बढी प्रकाशन÷प्रसारण भई रहेको र सकारात्मक खबर ओझेलमा परेको ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयकी क्षेत्रिय प्रमुख शान्ती दिदीको धारणा छ । यी सबैमा पनि धर्म र आध्यात्मक संग जोडिएका खबरहरु सञ्चारमाध्यम अझै ओझेलमा परेको उहाको भनाई छ ।
भैरहवामा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयको क्षेत्रिय कार्यालयमा आयोजित स्नेह मिलन कार्यक्रममा शान्ती दिदीले आध्यत्मिक खबर ओझेलमा परेको गुनासो गनु भयो । “एउटा सञ्चारमाध्यमले कम्तिमा दिनमा एक वटा सकारात्मक खबर प्रवाह गर्न सक्नुपर्छ ।” उहाले भन्नु भयो “यसले समाजमा सकारात्मक उर्जाको प्रवाह गर्छ ।” ब्रम्हकुमारी ईश्वरीय विश्व बिद्यालय यस क्षेत्रमा स्थापना भई नैतिक र धार्मिक शिक्षामा सकारात्मक सन्देशहरु प्रवाह गरिरहेको उहाले बताउनु भयो । यसको लागि सबैले यसमा सहकार्य आवश्यक रहेको उहाको भनाई थियो ।
ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालय अन्र्तराष्ट्रिय मूख्यालय माउण्ट आबु भारतबाट आएका ब्रम्हकुमार चित्तरन्जनले विश्वविद्यालयले भिडियो डकुमेन्ट्री मार्फत नेपालमा आध्यत्मक र नैतिक शिक्षा प्रसार गरिरहेको बताउनु भयो । अन्र्तराष्ट्रिय मूख्यालयमा नेपाली र बंगाली भाषाको डकुमेन्ट्री बिभाग हेरिरहनु भएका उहालेले थुप्रै नेपाली भाषाका डकुमेन्ट्री उत्पादन गरि नेपालका बिभिन्न टिभी च्यानल मार्फत प्रसारण भई रहेको जानकारी दिनु भयो । भैरहवा, तिलोत्तमा र लुम्बिनीमा अध्ययन गर्ने बिद्यार्थीहरुको बिषयमा अहिले मूख्यालयकै सहयोगमा डकुमेन्ट्री निर्माण भई रहेको बताउनु भया । “यस क्षेत्रमा रहेका बिद्यालयहरुमा नैतिक शिक्षाको साथै उनिहरुसंग बिभिन्न प्रश्नहरु सोध्न आग्रह गरिरहेका छौं ।” उहाले भन्नु भयो “यसले अवश्य पनि केही सकारात्मक नतिजा दिनेछ ।”
गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेश अहिले भैरहवाको क्षेत्रिय कार्यालयले हेरिरहेको विश्वविद्यालयका केन्द्रिय सचिव तथा क्षेत्रिय उपाध्यक्ष ब्रम्हकुमार भुपेन्द्र अधिकारीले जानकारी दिनु भयो । भैरहवा स्थित क्षेत्रिय कार्यालयमा प्रत्येक दिन निशुल्क रुपमा आध्यात्मिक शिक्षा, ध्यान लगायतका गतिविधिहरु सञ्चालन भईरहेको उहाले जानकारी दिनु भयो ।