भैरहवा असोज ११/
सक्षम सहारा बहुउद्देश्यीय महिला समूह किशोरपुर रुपन्देही द्वारा आयोजित बडा दशै , तिहार, छठ पर्व विशेष पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
माईति नेपाल रुपन्देहीका प्रमुख माया क्षेत्रीको प्रमुख अतिथि आथित्यता , होटल एसोसेनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको बिशिष्ठ आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडानं ६ का जनप्रतिनिधि अनिल गरुङ , आस्था उधमि महिला समूह वडानं ९ का अध्यक्ष बिन्दु न्यौपाने लगायतको सहभागीतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
कार्यक्रम समुहका शान्ता कडेलको अध्यक्ष ,उपाध्यक्ष सचिता अर्यालको स्वागत तथा सचिव लाजिना देवकोटाको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले शुभकामना आदान प्रदान कार्यक्रमले एक आपसमा एकता सद्धभाव र संस्कृती सभ्यतालाई एकताबद्ध गरि लैजान महत्वपुर्ण भुमीका खेल्ने बताउनु भएको थियो ।