Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत


  • लुम्बिनी चिन्तन
  • बैशाख २७, २०८० बुधवार
  • 228
    SHARES

सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत

भैरहवा, २६  वैशाख ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का बासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालय र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गत रक्त संचार सेवा केन्द्र, बुटवल÷इकाई, भैरहवाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।

pardes add 27.jpg

सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कोतर्फबाट वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रकोतर्फबाट रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले हस्ताक्षर गरेका छन् । 

सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने तथा सिद्धार्थनगर–५ बाट रक्त संचार सेवा भैरहवाको लागि सिद्धार्थनगर–५ भित्र रगत संकलन कार्यमा सहयोग गर्ने उद्देश्यले सम्झौता गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार