Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

रुपन्देही क्रिकेट संघ द्धारा क्रिकेट खेलाडी कल्याणकारी कोष स्थापना


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८० आइतवार
  • 736
    SHARES

रुपन्देही क्रिकेट संघ द्धारा क्रिकेट खेलाडी कल्याणकारी कोष स्थापना

भैरहवा असार १७/
रुपन्देही क्रिकेट संघले खेलाडी कल्याणकारी कोषको स्थापना गरेको छ । संघका अध्यक्ष हरी बहादुर थापाले  आफ्ना स्वर्गीय पिताको स्मृतिमा १ लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरेर सुरुवात गरेका छन् । 
यो कोषमा सहयोग गर्न चाहने अन्यले पनि सहयोग गर्न सक्ने अध्यक्ष थापाले बताए । क्रिकेट खेलाडीको संरक्षण तथा सम्मानका लागि खेलाडी कल्याणकारी कोष स्थापना गरिएको उनले बताए । त्यसैगरी संघले १० जना क्रिकेट खेलाडीलाई आर्थिक वर्ष २०८०÷०८१ का लागि मासिक ५ हजारका दरले सहयोग गर्ने गरी रकम व्यावस्थापन गरिएको बताए । 

pardesh add 11.jpg
खेलाडी कल्याणकारी कोष–२०८० मा रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले ५५ हजार ५ सय ५५ रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै गरी सियारी गांउपालिकाका वडा नम्बर १ का अध्यक्ष अरुण कुमार शाहीले आफूले पाउने मासिक तलबवापत पाउने रकमबाट मासिक २६ हजार रुपैयाँ आप्नौ कार्यकाल भरी सहयोग गर्ने घोषणा गरे । त्यसैगरी वडा नम्बर २ का अध्यक्ष जर्नादन यादवले मासिक १० हजारका दरले कल्याणकारी कोषमा जम्मा गर्ने बताए । वडा अध्यक्षद्वयले उक्त रकम आगामी ४ बर्षसम्म दिने छन् । 

chikshaya textb.jpg
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले २५ हजार रुपैया कोषमा सहयोग गरेकी छन् । सिद्धार्थनगर– ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय र रुपन्देही क्रिकेट संघका सदस्य विनय ज्ञवालीले १० हजार रुपैया कोषलाई उपलब्ध गराउने भएका छन् ।
त्यसैगरी भैरहवाका ब्यावसायि हरिश सेठिया र सुनिल सेठियाले पवन सेठिया मेमोरियल तीनदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रयोजन रहने गरी क्रिकेट संघबीच सम्झौता भएको थियो । त्यसैगरी लुम्बिनी नेत्रालयसँग खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट गर्ने बिषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

nabalparasi.jpg

गाउँपालिका अध्यक्ष घिमिरेले क्रिकेट खेल र खेलाडीको विकासका लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दै रुपन्देही क्रिकेट खेलका लागि उर्भरभूमि भएकाले त्यसको विकास र संरक्षणका लागि राज्यस्तरबाट पनि प्रयाप्त सहयोग पाउनुपर्नेमा जोड दिए । 
वडाअध्यक्ष शाहीले क्रिकेट खेलको आक्रषण थप उचाईमा पुराउन सहयोग गरेको बताए । वडाअध्यक्ष यादवले क्रिकेट क्षेत्र र खेलाडीको विकास, उज्जवल भविष्यको निर्धारणका लागि खेलाडी कल्याणकारी कोषमा रकम दिने निर्णय गरेको बताए । 
कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशनकुमार सिंहले क्रिकेट विकासका लागि खेलाडीहरुको प्रोत्साहन आवश्यक रहेको र त्यसका लागि कल्याणकारी कोषको स्थापना हुनु खुशीको विषय भएको बताए । 
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व प्रमुख एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल, सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय संघका सचिव संजय गुरुङ लगायतले बोल्दै कल्याणकारी कोषको स्थापना हुनु खुशीको विषय भएको बताए । 


लुम्बिनी चिन्तन

थप समाचार