भैरहवा असार १७/
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले एक कार्यक्रमका बिच जेष्ठ नागरिक , एकलमहिला तथा अपाङ्ग ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
सिनपा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सिनपा वडा नम्बर ५ भित्रका एक सय जना बढी जेष्ठ नागरिक, एकलमहिला तथा अपांग ब्यक्तित्वहरुलाई हर्लिक्स, बिस्कुट तथा प्रमाण पत्र सहित सम्मान गरीएको हो ।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख खानले सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ ले समाज र जनताको लागी सक्रिय भएर काम गर्दै आएको बताउनु भएको छ । उहाले जेष्ठनागरीक हाम्रो समाजको गहना भएकोले उहाहरुको सम्मान नगरले गर्दै आएको उल्लेख गर्नु भयो ।

नगर उपप्रमुख उमा अधिकारीले जेष्ठ नागरिक , एकलमहिला तथा अपांग ब्यक्तित्वहरुलाई राज्यले धेरै सुबिधा दिदै आइरहेकोले यसको फाइदा लिन आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले सिनपा वडा नम्बर ५ ले सामाजिक बिकासमा लगानी गरेर काम गर्दै आएको बताउनु भएको छ । उहाले वडा नम्बर ५ लगायत अन्य वडाबाट सिको गर्दै ८० बर्ष उमेर पुगेका जेष्ठनागरिकको सम्मानको लागी निशुल्क स्वास्थ्य उपचार तथा घरदैलोमा गएर सेवा प्रदान गर्ने जस्ता कार्यक्रम ल्याएको बताउनु भयो ।