Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको अध्यक्षमा मिलन विश्वकर्मा


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०८० सोमवार
  • 426
    SHARES

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको अध्यक्षमा मिलन विश्वकर्मा

भैरहवा, १७ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ सिद्धार्थनगरको सातौं साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका वर्ष २०२२/०२३ का अध्यक्ष सुनिल सेन्चुरीले वर्ष २०२३/०२४ का अध्यक्ष मिलन विश्वकर्मालाई पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै वर्ष २०२२/०२३ का सचिव संजोगराज तिवारीले वर्ष २०२३/०२४ का अध्यक्ष गणेश न्यौपाने तथा वर्ष २०२२/०२३ का कोषाध्यक्ष अरुण बस्यालले वर्ष २०२३/०२४ का कोषाध्यक्ष कंचन श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए ।

rohini gaupalika.jpg

क्लबको वर्ष २०२३/०२४ को प्रथम उपाध्यक्षमा संजोगराज तिवारी, द्वितीय उपाध्यक्षमा अरुण बस्याल र तृतीय उपाध्यक्षमा अरुण बस्याल रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) एरिया–५ का कोषाध्यक्ष तथा लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका गाईडिङ लायन विनय कसौधनले स्थापनाकालदेखि नै लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले रचनात्मक कार्य गरेको बताए ।

chikshaya textb.jpg

कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधन, रिजन चेयरपर्सन अभिनव मयुर कसौधन, कृतेश कुमार श्रेष्ठलगायतले बोल्दै क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यमा नै जोड दिनुपर्ने धारणा राखेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार