Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य


  • लुम्बिनी चिन्तन
  • भाद्र १८, २०८० सोमवार
  • 468
    SHARES

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाण्डौ भदौ १८/

एसिसी एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालले दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको क्यान्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले ४८।२ ओभरमा पूरा विकेट गुमाउँदै दुई सय ३० रन बनाएको हो। नेपालको इनिङ्समा ओपनर आसिफ सेखले अर्धशतकीय इनिङ्स खेलेका हुन्। 

यसअघि नेपाल ३३।४ ओभरमा १५०–६ को अवस्थामा थियो। नेपालले ४३।३ ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको हो। 

पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ सेख अर्धशतक बनाएर आउट भए। आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन्। यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए। आरिफको खेल करियरकै दशौँ अर्धशतक हो। यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नवौँ अर्धशतक बनाएका छन्। 

आसिफले ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन्। सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए। आसिफले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए। एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई सय ४२ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च रन एक सय १० हो। 

यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो। भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल २ रन, गुल्सन झा २३, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ५६ बलमा ४८ रन बनाएर पेभिलियन फर्किएका छन्। सन्दीप ९ रन बनाए। दीपेन्द्र र सोमपाल कामीबीच सातौँ विकेटका लागि ५० रनको साझेदारी भएको थियो। सन्दीप र सोमपालबीच ३४ रनको साझेदारी भएको हो। 

भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद सिराजले दुई विकेट लिए। नेपालले भारतसँग पहिलोपटक खेलिरहेको छ। यसअघि सन् २०१७ मा नेपालको यू–१९ टोलीले भारतलाई हराएको थियो। 

नेपालले टेस्ट राष्ट्रसँग खेलको यो पाँचौँपटक हो। समूह ‘ए’ को अघिल्लो खेलमा पाकिस्तानविरुद्ध खेलेको थियो। यसअघि विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलिसकेको छ। नेपाल चारै देशसँग पराजित भएको छ।


लुम्बिनी चिन्तन

थप समाचार