Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी सहकारीको साधारण सभा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आश्विन ३, २०८० बुधवार
  • 694
    SHARES

लुम्बिनी सहकारीको साधारण सभा सम्पन्न

भैरहवा असोज ३/

लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रूपन्देहीको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षता तथा सहकारी संस्थाका ज्येष्ठ शेयर सदस्य हर्षबहादुर गुरुङको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि हर्षबहादुर गुरुङले सहकारीमा संस्थाका शेयर सदस्यहरूबाट नै निक्षेप संकलन गर्ने र सो प्राप्त बचत उत्पादनशील क्षेत्रमा सदस्य केन्द्रित लगानी गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

साथै सहकारीका सदस्यहरूको आयस्रोत वृद्धिका साथै संस्थामा आवद्ध सबै सदस्यहरूको अर्थिक रूपमा विकास गराउनमा सहकारी संस्थाको ठुलो भूमिका रहने बताउनु भयो । साधारण सभामा सिद्धार्थनगर नगर पालिकाका सहकारी अधिकृत कमलकान्त खनालको विशिष्ट आतिथ्यता रहेको थियो ।

 सो सभामा सहकारी अधिकृत कमलकान्त खनालले वर्तमान अवस्थामा सहकारी र सहकारी संस्थाका शेयर सदस्यहरूको साधारण सभामा भूमिका, तथा  विभागबाट जारी निर्देशिकाका बारेमा प्रकाश पार्नु भएको थियो साथै सहकारी संस्थामा सदस्य बन्नु पुर्व संस्थाको संचालकहरूको पहिचान गर्ने, संस्थागत आर्थिक गतिविधी हेरेर मात्र सदस्य बन्न जोड दिनु भयो ।

सहकारीलाई हेर्ने दृष्टिकोणमा समाजका व्यत्तिहरूमा फरक फरक धारण रहेता पनि यस संस्था स्थापना गर्दाका व्यत्तित्वहरू समाजका ख्याती प्राप्त प्रज्ञिक व्यत्तिहरू रहेको संस्था प्रति समाजको विश्वास बढ्दै गएको पाइएको धारणा राख्नु भएको थियो ।

संस्थाका प्रबन्धक रामप्रसाद बरालको संचालनमा भएको सो सभामा संस्थाका अध्यक्ष तथा संचालक पदाधिकारीहरूले सहकारीको तर्फबाट संस्थाका शेयर सदस्यहरूका सन्ततीमध्ये २०८० सालको कक्षा ११÷१२ मा उत्कृष्ट अंक ल्याएका शेयर सदस्य गोपाल खनाल तथा सीता खनालकी सुपुत्री स्मारिका खनाललाई निजी विद्यालय तर्फबाट र शेयर सदस्य कृष्णचन्द्र बस्याल तथा भिमादेवी बस्यालको सुपुत्र सन्देश बस्स्याललाई सामुदायिक विद्यालय तर्फबाट नगद तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

 सभाले संस्थाको चालु आ.व. ०८०।०८१ का लागि २२ करोड ४० हजारको वजेट समेत सर्वसम्त पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाबाट प्रस्तुत गरिएको वार्षिक बजेट, नीति तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समिति संयोजक बैकुण्ठनाथ अर्यालबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा आ.व. ०७९।०८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

सभामा पुरुष सदस्यहरू मध्येबाट शेयर सदस्य हेमनाथ ज्ञवाली र महिला सदस्यबाट संगिता सुवेदीले शुभकामना मन्तब्य राख्नु भएको सो कार्यक्रममा बाल बचत कर्ता वर्षा गुरुङ र विपाश्ना गुरुङले नृत्य प्रस्तुत गरेका थिए भने संचालक सदस्य एवम् कवियत्री सीता कुमारी ढुंगाना काफ्लेले सहकारी कविता बाचन गर्नु भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार