Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

राष्ट्रिय पोलियो दिवसको अवसरमा रोटरी क्लबहरु द्धारा भैरहवामा हाफ म्याराथन आयोजना


  • लुम्बिनी चिन्तन
  • आश्विन ५, २०८० शुक्रवार
  • 538
    SHARES

राष्ट्रिय पोलियो दिवसको अवसरमा  रोटरी क्लबहरु द्धारा भैरहवामा  हाफ म्याराथन आयोजना

भैरहवा असोज ५ /

राष्ट्रिय पोलियो दिवसको अवसर पारी ‘रन टुवार्ड्स अ पोलियो फ्री टुमोरो’ भन्ने नारा सहित भैरहवामा रोटरी हाफ म्याराथनको आयोजना हुने भएको छ । रोटरी क्लब अफ भैरहवाले स्थापनाकाल देखि नै गर्दै आएको म्याराथन यस पटक असोज २७ गते गर्ने आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन ।

रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोटरी क्लब अफ सेन्टर लुम्बिनीको संयुक्त आयोजनामा हुने म्याराथनमा राष्ट्रिय धावक तथा ओलम्पियन बैकुण्ठ मानान्धरले प्राविधिक सहयोग गर्ने कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए । विश्वबाट पोलियो उन्मुलन गर्न रोटरी इन्टरनेशल विशेष भूमिका खेलेको हुँदा खेलको माध्यमबाट पोलियो विरुद्ध जनचेतना जगाउने उद्देश्यले रोटरी हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागीएको गुप्ताले बताए ।

म्याराथनमा नेपाल भरीका धावकहरुले भाग लिने उनले बताए । हाफ म्याराथनका लागी सिद्धार्थनगर नगरपालिकामा रहेको लुम्बिनी गेटबाट सुरु भई नगरका विभिन्न भागको परिक्रममा गरि २१ दशमलव १ किलोमिटरको दुरी पार गरेर सिद्धार्थनगर नगरपालिका विद्रोही चोकमा रहेको सानु डिपार्टमेन्टल स्टोर पुगी समापन हुनेछ। म्याराथनमा प्रथम हुने ले एक लाख रुपैयाँ, द्वितीय हुनेले ७५ हजार रुपैयाँ, तृतीय हुनेले ५० हजार रुपैयाँ तथा सान्त्वना हुने २ जना पुरुष तथा २ जना महिलालाई पाँच हजार एक सय रुपैयाँ पुरस्कार सहित मेडलको व्यवस्था गरिएको गुप्ताले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागी १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । रोटरीले पोलियो दिवस अक्टोबर २४ मा मनाउने गर्छ । यो दिवस मनाउनु को मुख्य उद्देश्य पोलियो निर्मुल गर्न भ्याक्सीन लगाउने, पोलियो थोपा खुवाउनका लागी जनचेतना जगाउने उदेश्यले यो दिवस मनाउने गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष नारायण प्रसाद भण्डारीले म्याराथनले भैरहवा, लुम्बिनी र यस आसपासका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन समेत गर्ने बताए ।

रोटरी क्लब अफ भैरहवाका अध्यक्ष उमेश चन्द्र आचार्यको सन्चालनमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ सेन्टर लुम्बिनीका अध्यक्ष राम बहादुर कोइरीले कार्यक्रमको  उदेश्यका बारेमा जानकारी दिएका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार