Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भुकम्प प्रभावितलाई सियारी गाउँपालिका अध्यक्ष घिमिरेले एक महिना बराबरको सुबिधा दिने


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०८० आइतवार
  • 434
    SHARES

भुकम्प प्रभावितलाई सियारी गाउँपालिका अध्यक्ष घिमिरेले एक महिना बराबरको सुबिधा दिने


भैरहवा कात्तिक १९/
रुपन्देहीको सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले भुकम्पका कारण बिपत्तीमा परेका नागरिकका लागि एक महिनाको सेवा सुबिधा दिने बताएका छन् । 
गाउँपालिकाको आईतवार बसेको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले विपत्तीमा परेकाहरुको राहत तथा उद्दारमा सहयोग पुगोस भन्ने भावनाले एक महिना बराबरको सेवा सुबिधा प्रदान गरेको बताए । 
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षती पु¥याएको थियो । 
त्यस्तै कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुले पाँच दिनको सेवा सुबिधा बराबरको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । 
अध्यक्ष घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह समेत गरेका छन् । 
उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खाता मार्फत भुकम्प पिडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । 
गाउँपालिकाको एनआईसि एसिया बैकमा रहेको खाता नम्बर ०९३२०५००१४९४१०२५ मा सहयोग गर्न चाहेको रकम जम्म गरी मानविय सेवामा लाग्न गाउँपालिकाले आग्रह गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार