Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भुकम्प पीडितको सहयोगार्थ भैरहवाका मेयरले ६ महिनाको सुविधा दिने


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०८० आइतवार
  • 708
    SHARES

भुकम्प पीडितको सहयोगार्थ भैरहवाका मेयरले ६ महिनाको सुविधा दिने

भैरहवा, १९ कार्तिक ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुखले इश्तियाक अहमद खाँले भुकम्प पीडितहरुको सहयोगार्थका लागि आफुले पाउने ६ महिनाको सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

भुकम्पले जाजरकोट र रुकुम पश्चिमी पुराएको क्षति प्रति दुःख व्यक्त गर्दै भुकम्प पीडितहरुको पुनस्र्थापन, गाँस, बास र कपास लगायतको व्यवस्थापनका लागि आफुले पाउने ६ महिनाको सुविधा बराबर दुई लाख चौतिस हजार रुपैयाँ समान रुपमा दुवै जिल्लाको पीडितहरुको सहयोगार्थ प्रदान गर्ने नगर प्रमुख खाँले बताए ।

‘भुकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुराएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ’ उनले भने, ‘सोही भावना अनुसार थोरै सहयोगले भएपनि पीडितहरुमा ‘घाउमा मलहम’ लगाउन पुगोस भन्ने उद्देश्यले सुविधा बराबरको रकम प्रदान गर्ने निर्णय गरेको हु ।’

घोषणा गरिएको सुविधा बराबरको उक्त रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपलब्ध गराइने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार