Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोहिणी गाउँपालिकाले भूकम्पप्रभावितलाई चारलाखको राहत सामग्री पठाउने


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०८० आइतवार
  • 356
    SHARES

रोहिणी गाउँपालिकाले भूकम्पप्रभावितलाई चारलाखको राहत सामग्री पठाउने

भैरहवा, १९ कार्तिक ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले भुकम्पप्रभावित क्षेत्रमा ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।


आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापन कोषबाट ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति प्रमुख कल्पना खनालले बताइन् ।


त्यस्तै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भूकम्पपीडितको राहत र पुनस्र्थापनाका लागिसरकारको कोषमा आफूले पाउने एक महिनाको तलब दिने अध्यक्ष यादवले बताए । भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए ।


भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

 

 


लुम्बिनी चिन्तन

थप समाचार