Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जय बागेश्वरी बहुमुखी सहकारीद्वारा बिरामीहरुलाई फलफूल वितरण


  • लुम्बिनी चिन्तन
  • माघ ३, २०८० बुधवार
  • 324
    SHARES

जय बागेश्वरी बहुमुखी सहकारीद्वारा बिरामीहरुलाई फलफूल वितरण

भैरहवा पौष २/

श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लि. सिद्धार्थनगर नगरपालिका–३, रुपन्देहीले भीम अस्पतालमा फलफूल वितरण गरेको छ । मंकर संक्रान्तिको अवसरमा मंगलबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको सहकारीका अध्यक्ष अशोक कुमार साहले बताए । उनले कार्यक्रम गर्न अवसर प्रदान गरेको भन्दै भीम अस्पताल विकास समिति परिवारलाई धन्यवाद दिए । उनले भने, ‘अब सहकारीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नेछ ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले अस्पताललाई अगाडि बढाउन आगामी दिनमा पनि श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लि.को योगदान रहने विश्वास व्यक्त गरे । उनले अस्पतालको विकासका लागि सल्लाह-सुझाव दिन आग्रह गरे ।

उनले भने, ‘सहकारीलाई हेर्ने सर्वसाधारणको दृष्टिकोण फरक भइरहेको बेला बागेश्वरी सहकारीले राम्रो काम गरेको छ । यो सहकारीले निरन्तर प्रगति गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु । ’ उनले फलफूल वितरण महत्वपूर्ण कार्यक्रम भएको बताए । अध्यक्ष शर्माले सहकारीलाई स्वास्थ्य शिविर आयोजना गर्न आग्रह गर्दै शिविरमा अस्पतालबाट सहयोग गर्ने बताए ।

त्यस्तै सहकारीका शेयर सदस्य सीताराम भक्तले स्वास्थ्य नै मानिसको धन भएको र सहकारीले गरेको कार्यक्रम सराहनीय रहेको बताए । सहकारीका सल्लाहकार अमरकान्त झाले संस्थाले सानो ठूलो भएर केही नहुने भन्दै संस्थाले गर्ने काम महत्वपूर्ण रहने बताए ।

photo 11.jpg

लेखा समिति संयोजक सियाराम यादवले प्रत्येक वर्ष सहकारीले सामाजिक काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता पाउने बताए ।

अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पताल इकाई समितिका उपाध्यक्ष शशीकान्त  उपाध्यायले प्रत्येक वर्ष फलफूल वितरण कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

सहकारीका निवर्तमान अध्यक्ष दशरथ कुमार भक्तले स्थानीयबासीले श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लि.माथि गरेको विश्वास नै संस्थाको उपलब्धी भएको बताए । उनले पछिल्लो समय भीम अस्पतालले गुणस्तरीय उपचार सेवा प्रदान गरेको बताए ।

सहकारीका व्यवस्थापक इन्द्रजित कुमार साहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार