भैरहवा, ११ माघ ।
सक्षम सहारा बहुद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६ किशोरपुर, रुपन्देहीले मानव बेचबिखन तथा घरेलु हिंसाविरुद्ध एकदिने अभिमुखीकरण कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न गरेको छ ।
त्यस्तै विशिष्ट अतिथिद्वय माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्री, श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ता, हिन्दू युवा बाहिनी लुम्बिनी प्रदेशका अध्यक्ष पुरन सिंह रानालगायतले बोल्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सक्षम सहारा बहुद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलको अध्यक्षता तथा सचिव लाजिना देवकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सक्षम सहारा बहुद्देश्यीय महिला समूहको भवन निर्माणमा सहयोग गरेको भन्दै श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्तालाई सम्मान गरिएको थियो ।