Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सहिद जितेन्द्र–मणी स्मृती प्रतिष्ठान लुम्बिनीको दोस्रो अधिवेशन सम्पन्न


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०८० शनिवार
  • 1.0K
    SHARES

सहिद जितेन्द्र–मणी स्मृती प्रतिष्ठान लुम्बिनीको दोस्रो अधिवेशन सम्पन्न


भैरहवा माघ २७/
सहिद जितेन्द्र – मणी स्मृती प्रतिष्ठान लुम्बिनीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । 
सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खांनको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सिदार्थनगर नगरपालिका वडानं १ का वडा अध्यक्ष उज्जवल पोख्रेल , उधोग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ , लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझी लगायतले सुभकामना मन्तब्य राखेका थिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खांनले संस्थाको भवन निमार्णका लागी आफुले सक्दो सहयोगगर्ने प्रतिबद्धता जनाए । अधिवेशनले तिर बहादुर रोक्काको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा जय वहादुर सुनार , सचिवमा मनिस कुमार जोशी , कोषाध्यक्षमा डम्बर बहादुर खत्री , र सचिवमा केशव कुवर चयन भएका छन् । 
त्यसैगरी सदस्यहरुमा अनिल ज्ञवाली , राकेश यादव , तारा वराल , दिलिप कुमार कोहार , मेराज खान , र पुनम गेलाल चयन भएका छन् । त्यसैगरी अक्षयकोष ब्यावस्थापन तथा परिचालन समिति सदस्यमा श्याम कुवर र सामुदायिक स्वास्थ्य प्रतिष्ठान समिति सदस्यमा प्रेम बहादुर बिसि चयन भएका छन् ।  
प्रतिष्ठानका अध्यक्ष तिर बहादुर रोक्काको अध्यक्षता , सह सचिव जय वहादुर सुनारको स्वागत तथा सचिव मनिस कुमार जोशीको संचालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी , अतिथिहरुलाई सम्मान गरिएको थियो ।
आप्नौ प्राणको आहुति गर्नु हुने बिनोद पन्त “जितेन्द्र“ र शेषमणी लामिछाने (मणि) को नाम प्रतिष्ठान स्थापना भएको प्रतिष्ठानका अध्यक्ष तिर बहादुर रोक्काले बताए ।  
गण्डकी प्रदेश तनहुँ जिल्ला आंबुखैरेनी गाउँपालिका वडा नं. ३ मार्कीचोकका बिनोद पन्त (जितेन्द्र) र तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ५ याम्याका शेषमणी लामिछाने (मणि) पार्टीका जिम्मेवारी निर्वाह गर्दागर्दै २०६४ साल जेठ ३० गते रुपन्देही जिल्ला साबिकको गोनाहा गाविस वडानं २ मा स्थानियको आक्रमणमा मारिएका थिए ।
उनैको स्मृतीमा जितेन्द्र–मणी स्मृती प्रतिष्ठान लुम्बिनी गठन गरी शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा काम भएको प्रतिष्ठानका सचिव मनिश कुमार जोशिले बताए । 
प्रतिष्ठानले सिदार्थनगर नगरपालिका लगायत बिभिन्न स्थानहरुमा स्वास्थ्य शिविर संचालन , अक्षयकोष स्थापना , छात्रबृद्धी बितरण , शैक्षिक सामाग्रि हस्तातन्तर , औसधि उपचार सहयोग , एम्बुलेन्स सेवा संचालन गर्ने  प्रतिष्ठानका सचिव जोशिले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार