भैरहवा, असार १३ । दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । । बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्न सफल भयो । त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाले अब विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दक्षिण अफ्रिका एकदिवसीय विश्वकपमा पनि अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।