भैरहवा, साउन १७ । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । नेपालले श्रीलंकालाई २५–१९, २५– १८ धर २५–१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४–२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन । पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो। तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो । तेस्रो सेटमा ७–३ ले पछि परेको नेपालले टाइम आउट लियो । त्यसपछि पनि नेपाल १५–१५ को स्थितिमा आएर कमब्याक ग¥यो । त्यसपछि भने नेपालले अग्रता बनाउँदै जित हात पा¥यो ।