Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

काभा महिला भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दै


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०८१ सोमवार
  • 408
    SHARES

काभा महिला भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दै

भैरहवा, साउन २१ । काभा महिला भलिबल प्रतियोगितामा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ ।

यस्तै, माल्दिभ्स भने सबै खेलमा पराजित छ । सात अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान ७ अंक नै रहेको इरान दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहने टिमले चौथो स्थानको टिमसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन् । 

नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् । माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । आजको खेल भारतले जितेको खण्डमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ भने भारत पराजित भएको खण्डमा समीकरणमा फेरबदल हुन सक्नेछ ।। 


लुम्बिनी चिन्तन

थप समाचार