Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०८१ मंगलवार
  • 472
    SHARES

क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई

भैरहवा, भदौ २५ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ।

क्यानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको हो । 

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।459044509_945935384229509_8576138062187295432_n.jpg

बिदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सबै खेलाडीको प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो आउने विचार राखे । त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुई महिना देश बाहिर रहने भएको छ । नेपालले लिग–२ को सिरिजपछि क्यानडासँग टी– २०सिरिज हुने भएको छ । क्यानडापछि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका पनि जाने भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार