Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवाको शिव मन्दिरमा सन्ध्या आरती


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०८१ मंगलवार
  • 894
    SHARES

भैरहवाको शिव मन्दिरमा सन्ध्या आरती

याम प्रसाद रेग्मी 

भैरहवा, भदौ २५ । धार्मिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले भैरहवाको बसडिलवा स्थित एतिहासिक महत्व बोकेको शिव मन्दिरमा हरेक साताको सोमबार आरति सुरु गरीएको छ । 
सिदार्थनगर नगरपालिकाको ब्यस्त बजार भन्दा शान्त सुन्दर स्थानमा रहेको शिव मन्दीर एतिहासिक मन्दिर साथै सन्ध्या आरती रुपन्देहीमा नै नभएको हुनाले केहि नया गरौं भन्ने उद्देश्यका साथ  हरेक हप्ताको सोमवार आरती पुजा सुरु गरीएको मन्दीर ब्यावस्थापन समितीका सचिव दुर्गा बहादुर कुँवरले जानकारी दिनु भयो ।
हिन्दू धर्ममा देवी देवताको पूजापाठ गर्ने, आराधना गर्ने कार्य पहिलेदेखि चलिआएको छ। समय बितेअनुसार अराधना र पूजापाठ गर्ने तौरतरीकामा केही सुधार भएको छ भने कतै परिवर्तन पनि भएको छ। फेरि कतै केही थप पनि भएको छ । त्यस्तै भैरहवाकै पुरानो तथा एतिहासिक महत्वको रुपमा रहेको शिव मन्दिरमा आरति गर्ने गरिन्छ। kp news.01_43_37_02.Still013.jpg

त्यस्तै नेपालको बिभिन्न मन्दिरहरुमा  आरति गर्ने प्रचन फैलिँदै छन्। हिजो कुनै अनुष्ठान आदि गरेपछि सानो आरति पाठ गर्ने र आरति गर्ने गरिन्थ्यो भने अहिले विशेष किसिमले आरति गर्ने चलन आएको छ। यो आरति गर्ने चलन पनि बोलबमजस्तै फैलिँदै गएको छ। अरती पुजाले भक्तजनहरुलाई पनि आनन्दीत तुल्याएको र शिव मन्दिरमा आरती राम्रो चलिरहेको आफुहरु उपस्थित भैरहेको  सहभागी भक्तजनहरुको भनाई छ ।

kp news.01_43_31_27.Still012.jpg
साँझको बेला पशुपति मन्दिर , नारायणी  किनारमा आरति गर्दा त्यसको प्रभाव र महत्व नै अर्कै हुन्छ। आरतिको प्रतिबिम्ब नदीको पानीमा पर्दा सौन्दर्य नै अर्कै हुन्छ। त्यसैले मानिसहरु ठूलो संख्यामा उपस्थित हुने गर्दछन । पुरानो र एतिहासिक महत्व बोकेको शिव मन्दीरमा धार्मीक पर्यटहरुलाई नियमित आक्रशित गर्न सके नगरको बिकासमा पनि सहयोग पुग्ने देखीन्छ । 


लुम्बिनी चिन्तन

थप समाचार