Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवाको शिव मन्दिरमा शिव पुराण महायज्ञ हुने 


  • लुम्बिनी चिन्तन
  • भाद्र २६, २०८१ बुधवार
  • 654
    SHARES

भैरहवाको शिव मन्दिरमा शिव पुराण महायज्ञ हुने 

भैरहवा, भदौ २६ ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवास्थित शिव मन्दिरमा शिव पुराण महायज्ञ हुने भएको छ । ऐतिहासिक शिव मन्दिरको पुर्ननिर्माण, सुन्दरीकरण तथा धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले मन्दिर सञ्चालक समिति र सनातनी युवा मञ्चबीचको समझदारी अनुसार मन्दिर परिसरमा महायज्ञ हुने भएको हो ।

आगामी कार्तिक ५ देखि १५ गतेसम्म हुने महायज्ञका लागि मन्दिर सञ्चालक समितिका अध्यक्ष पशुपति न्यौपानेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै विभिन्न १२ वटा उपसमितिसहित उपसमितिको संयोजक तोकिएको छ ।

यस क्षत्रकै पुरानो मन्दिर साथै एतिहासिक महत्व बोकेको शिव मन्दिरको पुननिर्माण सुन्दरिकरण तथा धार्मिक पर्यटनको गन्तब्यको रुपमा बिकास गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको मन्दिर ब्यबस्थापन समितिका सचिव दुर्गा कुवर बताउनुभयो ।

यस पुराण महायज्ञ सञ्चालन पश्चात् धर्मको प्रचारप्रसार तथा धर्मप्रति आस्था जगाउने, धर्मको पथमा लाग्न प्रेरित गर्ने, जुवातास, लागूऔषध दुव्र्यसनी जस्ता कुलतमा पलागेको युवाहरुलाई सत्मार्गमा लाग्न प्रेरित    गर्ने बिश्वास गरिएको शिव मन्दिर सञ्चालक समितिले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार