Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विश्कप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई


  • लुम्बिनी चिन्तन
  • मंसिर ५, २०८१ बुधवार
  • 282
    SHARES

विश्कप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा विदाई


भैरहवा, मंसिर ५ ।
विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई विदाई गरिएको छ । 
बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।
टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने छ । खेलाडीलाई विदाई गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिए ।
खेल मुलुकको प्रतिनिधित्व मात्रै नभएर यसले राष्ट्रलाई चिनाउनसमेत महत्पूर्ण योगदान दिने जनाउँदै सफलताको शुभकामना दिए । 
पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकप चौथा संस्करणको हो । नेपाली नेत्रहीन राष्ट्रिय क्रिकेट टिमका कप्तान रमेशबहादुर बानियाँले सरकारी पक्षबाट राम्रो सहयोग नभए पनि केही समयको तयारीले विश्वकप खेल्न जान लागेको कप्तान बानियाँले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार