भैरहवा, २१ मंसिर ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले शोकसभा गरेको छ । पार्टीका क्षेत्रिय सह–सचिव तथा व्यवसायी कुल प्रसाद न्यौपानेको आमा विष्णु कुमारी न्यौपानेको ९३ वर्षको उमेरमा भएको निधनमा ९ औं दिनको पुण्यतिथिमा उनको निवास सिद्धार्थनगर नगरपालिका–४, उद्योगपुरीमा शोकसभा गरिएको हो ।
शोकसभा नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति एवं युवा नेता सुशील गुरुङको सभापतित्व तथा कांग्रेसका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खाणले मानिसको जन्मपछि मृत्यु निश्चित रहेकाले स्वर्गीय न्यौपानेको बैकुण्ठबासको कामनासहित उहाँले देखाएको असल बाटोमा हिंड्नुपर्ने बताए । कार्यक्रममा संविधान सभा सदस्य जन्नतुन निशा धुनिया, कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा महासमिति सदस्य दीपक पौडेल, सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ्ग, जिल्ला सह–सचिव विष्णु थापा, क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, जिल्ला सदस्य ओम कुमार क्षेष्ठ, मोहम्मद सलिम, क्षेत्रीय सदस्य रुपमाया पुन, योगेन्द्रनाथ पाण्डे, घनश्याम यादव, सरस्वती श्रेष्ठ, शोभा आचार्य, नगर उपसभापति किरण घिमिरे, सचिव अनिल के.सी., हरिमाया गुरुङ्ग सिद्धार्थनगर–५ का अध्यक्ष पूरन प्रसाद श्रेष्ठ, तिलोत्तमा–१६ अध्यक्ष झविलाल भुसाल, सिद्धार्थनगर–२ का सभापति भिम बहादुर दगामी, ४ का सभापति नरेन्द्र रौनियार, ६ का सभापति राम बहादुर गुरुङ्गको उपस्थिती थियो ।
त्यस्तै सिद्धार्थनगर–७ का सभापति भविलाल पौडेल, ८ का सभापति टंक ज्ञवाली, ९ का सभापति श्याम सुन्दर खनाल, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, १२ का सभापति हरिराज विष्ट, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, प्रदेश प्रतिनिधि डिल्लीराज अधिकारी, सीमा तामाङ्ग, समाजसेवी रामचन्द्र उपाध्याय, भरत विजुक्छे, कुमार के.सी., श्रीराम गुप्ता, विद्यार्थी नेता आकाश पौडेल, प्रतिक भण्डारी, नवराज न्यौपाने लगायतको उपस्थितिमा कांग्रेसका प्रदेशसभा ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापाको धन्यवाद ज्ञापन तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।