भैरहवा मंसिर २३/
रुपन्देही लीलाराम न्यौपाने माध्यामिक बिध्यालयले आफ्नो ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
सिद्धार्थनगर नगरपालिका भित्रका सामुदायिक विद्ययालयमा कार्यररत शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बिध्यालयका प्रार्चाय रुप कुमार रायमाझीले जानकारी दिए । शुक्रबारदेखी सुरु भएको प्रतियोगितामा नगरभित्रका १० वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा माहात्मा बुद्ध मा.वि.का समुह प्रथम भएका थिए भने रुपन्देही लिलाराम मा.वि.समुह दोश्रो र पक्लिहवा मा.वि. तृतिय भएको लिलाराम मा.वि. का प्रचार्य रुप कुमार रायमाझीले जानकारी दिए ।
पाच वटा समूहमा विभाजन गरिएको खेलहरु मध्ये पहिलो खेल अन्तर्गत पुरुष डबल ब्याडमिन्टन प्रतियोगीता भएको थियो । उक्त खेलमा महात्मा बुद्ध मा.वि.का पुरन सराङ्गकोटी र अनिल बस्याल प्रथम भएका थिए । यसैगरी रुपन्देही लिलाराम मा.विका असिम कार्की र पुस्कर मिश्र दृतिय भएका थिए । रुपन्देही लिलाराम मा.विका क्षितिज पाण्डे विवेक भुषाल र बहिरा बाल मा.वि का महेश चापागाई र गोविन्द गौतम तृतिय भएका थिए ।
यसैगरी दोश्रो खेल महिला डबल ब्याडमिन्टन प्रतियोगीतामा महात्मा बुद्ध मा.वि.का राम कुमारी थापा र विष्णु थापा प्रथम भएका थिए । यसैगरी पक्लिहवा मा.वि का यम कुमारी थापा र विजय लक्ष्मी शर्मा दृतिय भएको र रुपन्देही लिलाराम मा.वि का शिला पाण्डे, रिता थापा र रुपन्देही लिलाराम मा.वि कै नारायणी नेपाल र प्रभा पौडेल तृतिय भएका थिए ।
उता तेश्रो खेल सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगितामा महात्मा बुद्ध मा.वि.का पुरन सराङ्गकोटी प्रथम, रुपन्देही लिलाराम मा.विका असिम कार्की दृतिय, पक्लिहवा मा.वि का बासुदेव घिमिरे र विन्दवासिनी मा.वि का चर्तुभुज रेग्मी तृतिय भएका थिए ।

यसैगरी चौथो खेल महिला सिंगल तर्फ रुपन्देही लिलाराम मा.वि का रिता सुब्बा प्रथम, पक्लिहवा मा.वि का विजय लक्ष्मी शर्मा दृतिय र पक्लिहवा मा.वि को यम कुमारी थापा र सिद्धार्थ मा.वि का सदिक्षा थारु तृतिय भएका थिए ।
पाचौ अन्तिम खेल मिक्स डबल तर्पm भने महात्मा बुद्ध मा.वि.का पुरन सराङ्गकोटी र विष्णु थापा प्रथम, पक्लिहवा मा.वि का प्रकाश भुर्तेल र विजय लक्ष्मी शर्मा दृतिय भएका थिए । यसैगरी पक्लिहवा मा.वि का यम कुमारी थापा, बासुदेव घिमिरे र रुपन्देही लिलाराम मा.वि का लेखनाथ आचार्य र उषा न्यौपाने तृतिय भएका थिए ।
यसैगरी पक्लिहवा मा.वि.का बासुदेव घिमिरे र सिद्धार्थ आधारभुत मा.वि.का सदिक्षा थारु उत्कृष्ट खेलाडिहरु घोषित भएका थिए ।