Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पर्यटन प्रर्बधनका लागी आयोजित “बुद्ध ज्ञान साईकल यात्रा“सुभारम्भ , ८ बर्षिय बालक देखी ७६ बर्षिय जेष्ठ नागरिक समेत सहभागी (फोटो फिचर)


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १६, २०८१ शुक्रवार
  • 660
    SHARES

पर्यटन प्रर्बधनका लागी आयोजित “बुद्ध ज्ञान साईकल यात्रा“सुभारम्भ , ८ बर्षिय बालक देखी ७६ बर्षिय जेष्ठ नागरिक समेत सहभागी (फोटो फिचर)


दीपेश पछाई , भैरहवा फागुन १६।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी संगै बुद्धसंग सम्बन्धित रुपन्देही , नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरुको पर्यटन प्रर्बधनका लागी आयोजित “बुद्ध ज्ञान साईकल यात्रा“ सुभारम्भ भएको छ । 
उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , सिद्धार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले भैरहवाको बुद्धचोक स्थित लुम्बिनी गेट बाट नेपालको झण्डा फहराएर साइृकल यात्राको सुभारम्भ गराएका थिए ।

s5.jpg
दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ बर्षिय किस्टोफर श्रेष्ठ , बालिकामा ११ बर्षिय आस्वानी खरेल सहभागी छन् । त्यसैगरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ बर्षका कमल जित दिमन र ७१ बर्षिय बिस्हु दिमन सहभागी छन् । यात्रामा बिश्व साईकल यात्री पुस्कर शाह सहित नेपाल , भारत र जर्मनका एक सय तिस साईकल यात्री सहभागी छन् ./

s8.jpg
साईकल सिटी भैरहवाको आयोजनामा हरेक बर्ष हुने “बुद्ध ज्ञान साईकल यात्रा“ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । “बुद्ध ज्ञान साईकल यात्रा“सहभागीता जनाउन नेपाल भारत लगायत बिभिन्न स्थानहरु बाट एक सय तिस साईकल यात्रीहरु बिहिवार भैरहवा आईपुगेका थिए । उनिहरुलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो । 

s3.jpg
लुम्बिनीको पर्यटन प्रबर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय बृद्धीका लागी गत बर्ष देखी साईकल सिटी भैरहवाले “बुद्ध ज्ञान साईकल यात्रा“ गर्न लागेको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले बताए दिए ।  
आन्तरिक र बाहिर्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्ध संग जोडिएका स्थान सधै ओझेलमा परेको हुनाले ति क्षेत्रको प्रचार प्रसारका लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय एक सय तिस जना साईकिलिष्टहरुलाई सहभागीता गराएर साईकल यात्रा गराउन लागेको हो । 

s6.jpg
हरेक वर्ष हुने “बुद्ध ज्ञान साईकल यात्रा“ ले गौतम बुद्धसंग सम्बन्धित क्षेत्रहरुको अझ बढी प्रचार प्रसार हुने र जसको कारण भगवान गौतम बुद्ध बारे थप जानकारी ,ज्ञान प्राप्त र लुम्बिनी बाहेक बुद्ध संग जोडिएका स्थानहरुको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साईकल सिटि भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए ।  

s7.jpg
सहभागी साईकिलिष्टहरुले पहिलो दिन करिव ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दुरी तय गरेर बुद्धसंग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन् । 

s1.jpg
सुक्रवार भैरहवा बाट सुरु हुने साईकल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम, हुदै पुनह रुपन्देहीको देबदहको पण्डितपुर , बुद्ध मावली भवानीपुर , बौद्धकालीन पाकरी रुख हुदै तिलोतमा नगरपालिकाको बनबाटिका , बुटवलको जितगडी किल्ला हुदै सांझ भैरहवा आईपुग्ने छ । 

s2.jpg
त्यसैगरी दोस्रो दिन भैरहवाको बसडिलवा स्थित शिव मन्दीर बाट सुरु भई शुद्धोदन गांउपालिकामा रहेको बुद्धकालिन भुवनेश्वर मन्दीर , गैडहवा गांउपालिकाको गैडहवा ताल , यशोधरा पार्क हुदै कपिलबस्तुको  मानव निर्मीत जगदिसपुर ताल , सग्रहवा , राजा शुद्धोदनको प्राचिन दरवार तिलौराकोट , कुछन्द बुद्धले ज्ञानप्राप्त गरेको स्थान गोटिहवा , कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा,भगवान बुद्ध र उनको छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुदै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनि आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

s9.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार