Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

देउखुरीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २५, २०८१ आइतवार
  • 538
    SHARES

देउखुरीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु

भैरहवा, फागुन २५ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखी सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् । 

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ तथा नेपाल क्रिकेट संघक (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । क्यानले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।9838ccf2-8180-45eb-9fc7-38ebf58a5069.jpg

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।ff2a3b48-880e-4988-97b8-f3dacccde7c9.jpg

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौंबाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागीता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ ।

देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।3a83fe12-2049-458b-89f5-d123553c60d4.jpg


लुम्बिनी चिन्तन

थप समाचार