Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीका १० सामुदायिक बिद्यालयलयहरुमा खेलकुदका सामग्रीहरु बितरण गर्ने


  • लुम्बिनी चिन्तन
  • चैत्र ७, २०८१ शुक्रवार
  • 412
    SHARES

नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीका १० सामुदायिक बिद्यालयलयहरुमा खेलकुदका सामग्रीहरु बितरण गर्ने

भैरहवा, चैत्र ०८ । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीका १० सामुदायिक बिद्यालयलयहरुमा खेलकुदका विभिन्न सामग्रीहरु बितरण गर्ने भएको छ । नेपाल स्थित चिनियाँ राजदूतावासले लुम्बिनीमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई २ करोड ८० लाख रुपैयाँ बराबरको खेलकुद सामग्री नेपाल स्थित चिनियाँ राजदुत चेन सोङ्ले हस्तान्तरण गरेका हुन ।   चिन को नयाँ लाइट फाउन्डेसनले चिनियाँ दूतावासमार्फत नेपाल ओलम्पिक कमिटीलाई उदारतापूर्वक खेलकुदका किटहरू प्रदान गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले बताए ।   खेलकुदका सामान सहितका किटहरूले लुम्बिनीका १० सरकारी विद्यालयका युवा खेलाडीहरूलाई सशक्त बनाउने र स्वास्थ्य, टोलीकार्य, र खेलकुदको उत्कृष्टताको संस्कृति विकास गर्दै जाने महासचिव श्रेष्ठको भनाइ छ ।   नेपाल ओलम्पिक कमिटीले लुम्बिनी का विद्यालयमा  खेलकुद सामग्री वितरण देखि लिएर प्रयोग भए नभएको निगरानी गर्ने, लुम्बिनीका विद्यार्थीहरूलाई उनीहरूको खेलकुदका सपनाहरू पूरा गर्न गुणस्तरीय उपकरणको पहुँच सुनिश्चित गर्दै, सँगै खेलकुदमार्फत उज्ज्वल भविष्य निर्माण गर्न र खेलकुदमा लगाव बढाउने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवन राम श्रेष्ठले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार